CG Electronics
IME Life
NIMB

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो, ३ हजारभन्दा बढी क्षति दाबी दर्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हालै देशभर भएका आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबारसम्म आइपुग्दा करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ।

बीमा प्राधिकरणलाई प्राप्त तथ्यांक अनुसार, देशभरका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा गरी जम्मा ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन्।

दाबी गरिएको कुल रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी भइसकेको छ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले क्षतिको मूल्यांकनका लागि अहिलेसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्, जसअन्तर्गत ३७४ वटा सर्भे प्रतिवेदन बीमा कम्पनीहरूमा पेश भइसकेको छ।

बीमा प्राधिकरणका अनुसार, बाँकी सर्भे प्रतिवेदनहरू पनि क्रमशः तयार हुँदैछन् र सम्बन्धित बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रियालाई शीघ्र टुंग्याउने तयारी गरिरहेका छन्।

यससँगै हालको आन्दोलनबाट प्रभावित व्यवसाय, उद्योग, सवारीसाधन र सम्पत्तिहरूमा भएको क्षतिलाई सम्बोधन गर्न बीमा क्षेत्र सक्रिय रूपमा जुटिरहेको प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...