Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

सहकारीको प्रभावकारी नियमनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–ICAN) र राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) ले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेका छन् ।

आइक्यानका अध्यक्ष, सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष, डा. खगराज शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा प्राधिकारणका तर्फबाट सदस्य (सहकारी विज्ञ), डा. रमेश चौलागाई, सदस्य, महेश खनाल र कार्यकारी निर्देशक, डा. शेषनारायण पौडेल उपस्थित हुनुहुन्थ्यो । आइक्यानका तर्फबाट उपाध्यक्ष, सिए आनन्द राज शर्मा वाग्ले, कार्यकारी निर्देशक, सिए विमल डंगोल, प्रशासन निर्देशक, विनोदप्रसाद न्यौपाने, प्राविधिक निर्देशक, सिए किरणकुमार खत्री र उपनिर्देशक, सिए सन्तोष विष्टको सहभागी हुनुहुन्थ्यो ।

सहकारी ऐन, २०७४ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुरूप सहकारीहरूको नियामकीय र सुपरिवेक्षयकीय संयन्त्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो । यो सहकार्यले प्राधिकरणमा नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट), नियामक मापदण्डको विकास, अनुगमन र सुपरिवेक्षणको लागि प्राविधिक सहयोग र नेपाली वित्तीय प्रतिवेदन मानक -NFRS_, NFRS for SMEs, NAS for MEs र अन्य वित्तीय मानकहरु लागू गर्र्ने लगायतका क्षेत्रहरु समेट्नेछ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट) को लागि रोस्टर तयार गर्न प्राधिकरण र आइक्यानबीच समन्वय कायम गर्ने, प्राधिकरणको नियामकीय परीक्षण प्रभावकारी बनाउन विभिन्न मापदण्ड, विनियम, मार्गदर्शन आदि तर्जुमा गर्न संस्थाले सहयोग गर्ने र सहकारी संस्थाहरुको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने सम्बन्धमा सहकार्य गर्ने यस समझदारीपत्रका प्रमुख उद्देश्यहरू रहेका छन् ।

सो अवसरमा प्राधिकरणका अध्यक्षले यो सहकार्यले सहकारी क्षेत्रको सुरक्षा गर्ने प्राधिकरणको क्षमतालाई बलियो बनाउने र सदस्य र निक्षेपकर्ताको हितको रक्षा गर्ने कुरामा जोड दिनु भएको छ । उनले अर्थतन्त्रमा वित्तीय स्थिरता कायम राख्न सहकारीको प्रभावकारी नियमन महत्त्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै, आइक्यानका अध्यक्षले सहकारी क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न, तथा सहकारी ऐनमा तोकिए बमोजिम नियामकीय परीक्षण (पुडेन्सियल अडिट) गर्न रोस्टर तयार गर्न सहयोग गर्न, लेखापरीक्षण र वित्तीय प्रतिवेदन मापदण्डहरूमा आफ्नो प्राविधिक विशेषज्ञता योगदान गर्न आइक्यान प्रतिबद्ध रहेको बताउनुभयो । उनले यो साझेदारी नेपालको अर्थतन्त्रमा सुशासन र वित्तीय अनुशासनलाई प्रवर्धर्न गर्ने आक्यानको भूमिकासँग गाँसिएको पनि उल्लेख गर्नुभयो ।

यो समझदारीपत्रलाई दुवै संस्थाको निम्ति महत्त्वपूर्ण मानिएको छ । यसले नेपालको वित्तीय प्रणाली र आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने, सहकारी क्षेत्रमा विद्यमान रहेको अनिमियता कम गर्दै विश्वास बढाउनु र संस्थाका सदस्यहरुको पेशागत व्यवसायको क्षत्र अझै फराकिलो हुने अपेक्षा गरिएको छ ।

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल वितरण गर्ने, तीन फण्ड र क्यापिटलको मुनाफाबाट लाभांश वितरण सुरु

सिटिजन्स क्यापिटलले २८ करोड ५ लाख रुपैयाँभन्दा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:४४

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफा...

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

एन आईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा...

वि.सं.२०८२ असोज २५ शनिवार १४:३३

काठमाडौं। एन आईसी एशिया बैंकका ग्राहक महानुभावहरूका लागि अब वीरगंजस्थित...

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो, ३ हजारभन्दा बढी क्षति दाबी दर्ता

हालैको आन्दोलनबाट बीमा दाबी रकम २३ अर्ब...

वि.सं.२०८२ असोज २५ शनिवार १४:२७

  काठमाडौं । हालै देशभर भएका आन्दोलनका क्रममा भएको भौतिक...

सिलिकन भ्यालीतर्फ नेपाली स्टार्टअप – स्टार्टअप वल्र्ड कप २०२५ को विश्व फाइनलमा डि एल सर्फको सहभागिता

सिलिकन भ्यालीतर्फ नेपाली स्टार्टअप – स्टार्टअप वल्र्ड...

वि.सं.२०८२ असोज २५ शनिवार १४:१७

  काठमाडौं । स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका...

प्रिमियर इन्टरनेसनलले आयोजना गर्‍यो नेपालकै पहिलो Diplomathon World Symposium, शैक्षिक नवप्रवर्तनमा नयाँ इतिहास

प्रिमियर इन्टरनेसनलले आयोजना गर्‍यो नेपालकै पहिलो Diplomathon...

वि.सं.२०८२ असोज २५ शनिवार १४:११

काठमाडौं ।  प्रिमियर इन्टरनेसनल IB Continuum Schoolले नेपालकै पहिलो Diplomathon...

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो...

वि.सं.२०८२ असोज २५ शनिवार १४:०२

  काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कूलले परिवर्तनका...