CG Electronics
IME Life
NIMB

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौति : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक भुइँचालोले देशलाई हल्लायो । सो आन्दोलनको प्रत्यक्ष दबाबमा परेर केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।प्रधानमन्त्री ओलीले राजीनामा दिनुअघि मन्त्रीहरुले आ–आफ्नो पदत्याग गर्दै सत्ता छाडेका थिए । २४ गतेको जनदबाबले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई समेत भीडले कुटपिट गरेको घटना सार्वजनिक भयो । वहुसंख्यक नेताहरुको घर जलाइयो ।

सत्ता संकटले गम्भीर मोड लिँदैगर्दा भदौ २७ गते मुलुकले पहिलो पटक एक महिलालाई प्रधानमन्त्रीको रूपमा स्वागत ग¥यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको कुर्सी सम्हालिन् ।

अस्थायी समाधानको रूपमा ६ महिनाका लागि बनाइएको कार्की नेतृत्वको सरकार गठन भएको आज झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।

पहिलोपटक पूर्वप्रधानन्यायाधीश कार्की मुलुकको कार्यकारी प्रमुख बनिन् । तर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै कार्की नेतृत्वको सरकारले कार्यक्षमता देखाउन नसकेको भनेर आलोचना सुरु भएको छ । मुख्यगरी नयाँ निर्वाचन गराइ मुलुकमा जन निर्वाचित प्रतिनिधिहरुमार्फत सरकार बनाउने म्यान्डेट पाएको कार्की सरकार आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन नसक्ने हो कि भन्ने आशंका सुरु भइसकेको छ ।

एक महिना हुन लाग्दासम्म पनि मन्त्रिपरिषद् अधुरो रहँदा सरकार सञ्चालनमा अनिश्चितता र असन्तुलन देखिन थालेको छ । ६ महिनाको अन्तरिम कार्यकाल पाएको कार्की सरकार अझैसम्म पूर्ण मन्त्रिपरिषद् विस्तार गर्न असफल देखिएको छ । हालसम्म जम्मा ८ मन्त्री मात्र नियुक्त भएका छन्, बाँकी १० मन्त्रालय प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेकी छन् ।

हालसम्म बनेको संक्षिप्त मन्त्रिपरिषद्मा अधिकांश मन्त्रीहरू राष्ट्रसेवक कर्मचारी वा प्राविधिक क्षेत्रका पूराना र परिचित नाम हुन् । पूर्वसचिव रामेश्वर प्रसाद खनाललाई अर्थ तथा संघीय मामिला मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, यातायात र सहरी विकास, ओमप्रकाश अर्याललाई गृह, अनिलकुमार सिन्हालाई उद्योगदेखि कानून र सहकारी, महावीर पुनलाई शिक्षा तथा विज्ञान, मदन परियारलाई कृषि, र जगदीश खरेललाई सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पूर्णता नपाएको मन्त्रिपरिषद, निर्णयमा सक्रियता
मन्त्रिपरिषद् अपूर्ण रहँदा पनि प्रधानमन्त्री कार्की सक्रिय छिन् । उनले मन्त्रिपरिषद् बैठकमार्फत जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्दै शहीद परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेकी छन् । घाइतेहरूलाई २० हजार रुपैयाँ नगद सहायता र ‘घाइते परिचय पत्र’ प्रदान गरी निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत भइसकेको छ ।

विवादमा ओली र लेखकमाथिको जाहेरी
यता, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरीसमेत विवादमा तानिएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ, जसले कानुनी र राजनीतिक मोर्चामा नयाँ चुनौती सिर्जना गरेको छ । साथै कार्कीले निर्वाचनका लागि राजनीतिक दलहरुसँग समेत छलफल गरेकी छैनन्।

सत्ता संकटको नयाँ मोड
सरकार गठन भएको एक महिनामा मन्त्रिपरिषद् अधुरो हुनु, नीति निर्माणमा ढिलाइ हुनु र निर्णायक राजनीतिक संवादको अभावले देश पुनः अनिश्चिततातर्फ धकेलिने संकेत देखिएको छ । आगामी पाँच महिनाभित्रै अन्तरिम सरकारको म्याद सकिँदैछ, तर प्रारम्भिक चरणमै देखिएको यो कमजोरीले कार्की सरकारको विश्वसनीयता र दीर्घकालीन प्रभावकारितामा गम्भीर प्रश्न उठाएको छ । संकेत स्पष्ट छ सत्ता परिवर्तन भयो, तर स्थायित्व अझै टाढा छ ।

सत्ता परिवर्तनपछि नयाँ यथास्थितिमा प्रवेश गरे पनि मुलुकको शासकीय संयन्त्र अझै तंग्रिन सकेको छैन । अब बाँकी पाँच महिनाभित्र प्रधानमन्त्री कार्कीले जनअपेक्षा अनुसारको सुधार र राजनीतिक स्थायित्व दिन सक्लिन् कि सक्दिनन् भन्ने प्रश्न सिंगो देशले चासोका साथ हेरिरहेको छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...