Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कानुन र सूचना प्रविधिलाई जोड्दै ‘टेक ल कलेज’ सञ्चालनमा

 

काठमाडौं। करिब तीन दशकदेखि नवीनतम् सोच र शैलीका साथ शिक्षण पेसामा आबद्ध भएका व्यक्तित्वहरुको एक समूहले नयाँ कलेज स्थापना गरेको छ । शिक्षण पेसामा जीवनको आधा समय बिताएका नारायण काफ्लेसहितको समूहले स्कुल, प्लस टु हुँदै कलेज स्थापना गरेको हो ।

काफ्ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको टेक ल कलेज काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा हालै मात्र सञ्चालनमा आएको छ । विगतमा स्थापना गरेका शैक्षिक संस्थाहरु सफलतापूर्वक सञ्चालन भइरहेका बेला उनीहरुले कानुन र सूचना प्रविधि संकाय पठनपाठन गर्ने गरी टेक ल कलेज स्थापना गरेका हुन् ।

राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक ल कलेजमा कानुन संकायतर्फ पाँच बर्से बीए एलएलबी तथा सूचना प्रविधि संकायतर्फ चार बर्से बीएस्सी सीएसआईटी र बीसीए पढाइ हुने सीईओ काफ्लेले जानकारी दिए । अत्याधुनिक सुविधासम्पन्न भवनसहितको कलेजमा डिजिटल ल्याब, ई-लाइब्रेरी, अदालती प्रक्रिया अभ्यासका लागि मुट कोर्टलगायतको व्यवस्था गरिएको छ ।

अहिलेको ट्रेन्ड र आवश्यकताअनुसार कानुन विषयको कोर्स डिजाइन गरिएकाले टेक लको पठनपाठन उत्कृष्ट हुने सीईओ काफ्लेले बताए । आधुनिक एवं सूचना प्रविधिलाई आत्मसात् गरिएको कोर्स भएकाले विद्यार्थीले पाठ्यक्रम रुचाउने उनको विश्वास छ । ‘हामी विद्यार्थीलाई किताबमात्र पढाउने होइन, अब्बल तथा अनुभवी शिक्षकहरुबाट ज्ञान तथा सीपको नयाँ क्षेत्रमा प्रवेश गराउँछौं,’ उनले भने, ‘अध्ययनपश्चात जागिरको खोजीमा भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्छौं ।’

नयाँ-नयाँ आविष्कार, एआई, साइबर सेक्युरिटी, डाटा साइन्स, डिजिटल क्राइम र नयाँ-नयाँ प्रकृतिका अपराधसँग जोडेर पाठ्यक्रम विकास गरिएकाले विद्यार्थीलाई अप्रत्यासित लाभ मिल्ने सीईओ काफ्लेले बताए । उनका अनुसार सेकेन्ड सेमेस्टर (६ महिना) देखि नै विद्यार्थीलाई पेड इन्टर्नको अवसर प्रदान गरिनेछ । विद्यार्थीलाई पठनपाठनका साथमा सूचना प्रविधिको प्रयोग गरेर अनुसन्धान तथा केस स्टडी गराउने कलेज प्रशासनले जनाएको छ ।

त्यस्तै कलेजका डिजिटल पार्टनर आदित्यराज यादवले ‘नलेज विद एक्सपेरियन्स’को अवधारणामा टेक ल कलेज स्थापना भएको बताए । ‘मेडिकल कलेज खोल्न अस्पताल अनिवार्य भए जस्तै आईटी कलेजका लागि आईटी कम्पनी हुनुपर्छ,’ उनले भने, ‘सरकारले बाध्यकारी नबनाए पनि हामीले विद्यार्थीलाई अब्बल बनाउन त्यो मान्यतालाई अवलम्बन गरेका छौं, स्नातक तह पास गरेका हाम्रा कलेजका विद्यार्थीले प्रमाणपत्र र अनुभव दुवै हासिल गर्नेछन् ।’

कलेजका सल्लाहकार सुरेन्द्र कोइरालाले अहिलेको बदलिँदो समयमा एलएलबीलाई सूचना प्रविधिसँग जोडेर पठनपठान गराउनुपर्छ भन्ने मान्यताका साथ कलेज स्थापना भएको बताए । ‘किताबी ज्ञान पनि विद्यार्थीले समयसाक्षेप पाउन नसकिरहेको परिस्थितिमा टेक लको पाठ्यक्रमले त्यसलाई चिर्नेछ, कोर्स डिजाइन त्यसैअनुसार गरिएको छ,’ उनले भने ।

‘पढ्दै-कमाउँदै’ अवधारणा तथा अध्ययन सम्पन्न गरिसक्दा दक्ष र अनुभवी बन्ने भएका कारण कलेजप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै विदेश अध्ययनका लागि लर्को लाग्ने प्रवृत्तिलाई पनि केही हदसम्म निरुत्साहित गर्ने विश्वास लिइएको छ ।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...