CG Electronics
IME Life
Ncell NPL

राष्ट्र संकटको घडीमा एकमात्र दृढ शक्तिको रूपमा नेपाली सेना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपाली राष्ट्र एक गम्भीर संक्रमणको कालखण्डबाट गुज्रिरहेको छ, जहाँ स्वाभिमान, सार्वभौमसत्ता र पहिचानमाथि एकैसाथ विभिन्न कोणबाट प्रहार भइरहेको छ।

यस्तो संकटको घडीमा जब बहुसंख्यक राजनीतिज्ञहरू मौन बसे, जब बौद्धिक वर्ग अन्योलमा थियो, त्यही बेला राष्ट्रको मेरुदण्डको रूपमा नेपाली सेना मात्र उभिएको थियो – न त राष्ट्रका लागि शक्ति प्रदर्शन गर्न, न शासन गर्न, तर केवल देशको रक्षा गर्न। देशभक्तहरू जान्दछन्, स्वतन्त्रता कुनै सम्झौता गरेर होइन, संकल्प, त्याग र रगतबाट जोगाइन्छ।

हालका वर्षहरूमा विदेशी शक्तिहरूले नेपालको भूगोल मात्र होइन, मानसिकता पनि आफ्नो प्रभावमा पार्न अनेकौँ षड्यन्त्र रचिरहेका छन्। विशेषतः Gen-Z नाममा संवेदनशील युवाशक्तिको भावना प्रयोग गरी, इन्डो- पश्चिमा गठबन्धनहरूले आन्दोलनको नाममा राष्ट्रभक्त युवाहरूलाई होलीको रङ होइन, रगतको छालमा डुबाए। कुर्सी मात्र फेरिएको देखिए पनि मूलधार उही दिशातिर छ।

नेपाली नागरिकताको खोल ओढेका विदेशी एजेन्टहरूले आफ्नै घरमा आगो लगाएको नाटक गर्दै राष्ट्रवादी शक्तिलाई अपराधीको रूपमा चित्रण गरे। संवैधानिक पुनर्लेखनका नाममा हाम्रो सनातन मूल्य, धार्मिक चेतना र सांस्कृतिक पहिचानलाई योजनाबद्धरूपमा मेट्न खोजिएको स्पष्ट देखिन्छ।

सत्ताको शिखरतर्फ उक्लिएका धेरै अनुहारहरू यस्ता छन्, जसले राष्ट्रघातको योजना बनाएका थिए। उनीहरूलाई जोगाउन ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाहरू, विदेशी एनजिओहरू र देशभित्रकै केही स्वार्थी तत्वहरू लागि परेका छन्।

ती तत्वहरूले राष्ट्र, धर्म, भूगोल, भाषा र संस्कृति- सबैमाथि एकैसाथ आक्रमण गरेका छन्। तर प्रश्न उठ्छ -देशभक्त युवाहरूको रगतको मूल्य के रह्यो? आफ्नै मातृभूमिमा बलिदान दिनेहरूलाई अपराधी घोषित गरिन्छ भने, राष्ट्रद्रोहीहरूलाई सम्मान किन दिइन्छ? यो नै त्यो क्षण हो, जहाँ सत्य बुझ्ने आँखा र न्यायको पक्षमा बोल्ने स्वर अत्यावश्यक देखिन्छ।

यस्तो विकट समयमा नेपाली सेनाले विवेक, धैर्य र संयमताको उच्चतम उदाहरण प्रस्तुत गरेको छ। जब विदेशी कूटनीतिक जाल र षड्यन्त्रले राष्ट्रलाई घेरिरहेको थियो, सेनाले राजनीतिक हस्तक्षेप नगरीकन, संविधानको परिधिमा रही राष्ट्रको संरचनात्मक र प्राणात्मक रक्षा गर्‍यो। सेनाको स्थापनासँगै जोडिएका मूल्यहरू- धर्म, निष्ठा, अनुशासन र त्याग-आज पनि त्यसैगरी जीवन्त छन्। सेना केवल युद्ध लड्ने संयन्त्र होइन, यो राष्ट्रको आत्मा हो। यस्तो घडीमा सेनाविरुद्ध झूटो प्रचार, भ्रम फैलाउने कार्य र आन्तरिक द्वन्द्व सिर्जना गर्ने प्रयास हुनु देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो।

२०४७ सालको संविधान नेपालका लागि केवल राजनीतिक दस्तावेज थिएन, त्यो एक सांस्कृतिक दृष्टिकोण, राष्ट्रिय चेतना र सामाजिक सद्भावको मेरुदण्ड थियो। त्यसमा नेपालको पहिचान स्पष्ट थियो, राजा राष्ट्रएकताको प्रतीक थिए, र धर्मको संरक्षण राज्यको दायित्वका रूपमा स्थापित गरिएको थियो। आज जुन संविधान लागू गरिएको छ, त्यसमा नेपाली आत्मा छैन- त्यो विदेशी सोच र डिजाइन मात्र हो। त्यसैले देशलाई पुनः स्थायित्व, स्वाभिमान र मौलिक मार्गमा लैजान २०४७ सालकै राष्ट्रवादी संविधानको पुनर्स्थापन अनिवार्य देखिन्छ।

अबको समय केवल चेतनाको होइन, वास्तविक क्रियाको पनि हो। नेपाली सेना, राष्ट्रवादी युवा शक्ति, धर्मप्रेमी जनसमुदाय र सम्पूर्ण राष्ट्रभक्त नागरिकहरू एकताबद्ध भएर राष्ट्रको स्वाधीनताको रक्षाका निम्ति अगाडि बढ्नुपर्छ। हामीले यो बिर्सनु हुँदैन-यो राष्ट्र सस्तोमा बनेको होइन। हाम्रा पूर्वजहरूको रगत, श्रद्धा र तपस्याले सिंचित यो भूमि आज पनि हामीसँग आशा गरिरहेको छ-के हामी सत्यको पक्षमा उभिन सक्छौं?

राष्ट्र धर्म हो। नेपाली हुनु गौरव हो। नेपाली राष्ट्रिय सेनाको समर्थन गर्नु राष्ट्रप्रेम हो। जबसम्म हामी मौन बस्छौं, राष्ट्र चिच्याइरहेको हुन्छ-उठ, बोल, र रक्षा गर। यही हो वर्तमान युगको सत्य पुकार।

 

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...