CG Electronics
IME Life
NIMB

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल सरकारले २०८२ असोज २३ गते भूमि समस्या समाधान आयोग खारेज गरेपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित भएको भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।

दुवै संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै आयोग खारेज गर्ने निर्णय ‘मानव अधिकार प्रतिकूल र जनविरोधी’ भएको आरोप लगाएका छन् ।उनीहरूले आयोगको पुनःस्थापनाको माग गर्दै भोली (मंगलबार) २८ गते काठमाडौंको तीनकुनेमा एक घण्टे विरोध प्रदर्शन तथा कोणसभा गर्ने घोषणा गरेका छन् । त्यसको भोलिपल्ट असोज २९ गते देशभरका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो सरकारले गठन गरेको आयोगले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितहरूको तथ्यांक संकलन, कानुनी अध्ययन तथा सुधारको प्रक्रिया अघि बढाइसकेको थियो । त्यसबाट जनस्तरमा आशा पलाएको थियो ।’

तर वर्तमान सरकार, जसले निर्वाचन गराउने मात्र कार्यादेश पाएको छ, पूर्वाग्रही ढंगले काम गर्दै आयोग खारेज गरेको विज्ञप्तिमा उल्लेख छ । संगठनहरूले चेतावनी दिँदै सरकारको यस निर्णयका कारण उत्पन्न हुने जटिल परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने जनाएको छ । संगठनहरूले भूमि, आवास र पहिचानलाई संविधानप्रदत्त मौलिक अधिकारको रूपमा व्याख्या गर्दै सुकुम्बासी, भूमिहीन र दलित समुदायको पहिचान, दर्ता तथा जग्गा वितरण प्रक्रिया शीघ्र, पारदर्शी र निष्पक्ष ढंगले अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

उनीहरूले हालसम्म देशभर करिब २३ लाखभन्दा बढी भूमिहीन, दलित तथा सुकुम्बासीको विवरण संकलन भइसकेको उल्लेख गर्दै राज्यले उनीहरूको समस्या सामाजिक न्याय र समानताको दृष्टिकोणबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सुकुम्बासी समुदायमाथि पछिल्ला दिनमा बल प्रयोग, धम्की र जबर्जस्ती उठाइएका घटनाहरूले मानव अधिकार र सामाजिक न्यायका आधारभूत सिद्धान्तहरू उल्लंघनमा परेका छन् ।’

आन्दोलनलाई पहिलो चरणमा सांकेतिक राखिएको जनाउँदै, यदि सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा भूमि अधिकार तथा श्रमिक संगठनका अध्यक्ष इन्द्र तामाङ र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालको हस्ताक्षर छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...