Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा

काठमाडौं । नेपाल सरकारले २०८२ असोज २३ गते भूमि समस्या समाधान आयोग खारेज गरेपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित भएको भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।

दुवै संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै आयोग खारेज गर्ने निर्णय ‘मानव अधिकार प्रतिकूल र जनविरोधी’ भएको आरोप लगाएका छन् ।उनीहरूले आयोगको पुनःस्थापनाको माग गर्दै भोली (मंगलबार) २८ गते काठमाडौंको तीनकुनेमा एक घण्टे विरोध प्रदर्शन तथा कोणसभा गर्ने घोषणा गरेका छन् । त्यसको भोलिपल्ट असोज २९ गते देशभरका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि तय गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो सरकारले गठन गरेको आयोगले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितहरूको तथ्यांक संकलन, कानुनी अध्ययन तथा सुधारको प्रक्रिया अघि बढाइसकेको थियो । त्यसबाट जनस्तरमा आशा पलाएको थियो ।’

तर वर्तमान सरकार, जसले निर्वाचन गराउने मात्र कार्यादेश पाएको छ, पूर्वाग्रही ढंगले काम गर्दै आयोग खारेज गरेको विज्ञप्तिमा उल्लेख छ । संगठनहरूले चेतावनी दिँदै सरकारको यस निर्णयका कारण उत्पन्न हुने जटिल परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने जनाएको छ । संगठनहरूले भूमि, आवास र पहिचानलाई संविधानप्रदत्त मौलिक अधिकारको रूपमा व्याख्या गर्दै सुकुम्बासी, भूमिहीन र दलित समुदायको पहिचान, दर्ता तथा जग्गा वितरण प्रक्रिया शीघ्र, पारदर्शी र निष्पक्ष ढंगले अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

उनीहरूले हालसम्म देशभर करिब २३ लाखभन्दा बढी भूमिहीन, दलित तथा सुकुम्बासीको विवरण संकलन भइसकेको उल्लेख गर्दै राज्यले उनीहरूको समस्या सामाजिक न्याय र समानताको दृष्टिकोणबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सुकुम्बासी समुदायमाथि पछिल्ला दिनमा बल प्रयोग, धम्की र जबर्जस्ती उठाइएका घटनाहरूले मानव अधिकार र सामाजिक न्यायका आधारभूत सिद्धान्तहरू उल्लंघनमा परेका छन् ।’

आन्दोलनलाई पहिलो चरणमा सांकेतिक राखिएको जनाउँदै, यदि सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा भूमि अधिकार तथा श्रमिक संगठनका अध्यक्ष इन्द्र तामाङ र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालको हस्ताक्षर छ ।

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...