Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ डिसेम्बरमा बजारमा, ५०० किमि रेन्जको दाबी

काठमाडाैं । मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने तयारी गरेको छ। सो एसयूभी डिसेम्बर २०२५ सम्ममा बजारमा आउने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई यसअघि इन्डिया मोबिलिटी ग्लोबल एक्सपाे २०२५ मा सार्वजनिक गरेको थियो ।

ई-भिटाराको ठूलो उत्पादन सन् २०२५ को अगस्टबाटै सुरु भइसकेको छ र अन्तर्राष्ट्रिय बजारमा हालसम्म ६ हजार भन्दा बढी युनिट पठाइसकिएको छ। सो एसयूभी बेलायत, जर्मनी, नर्वे, फ्रान्स लगायत १२ युरोपेली देशहरूमा २ हजार ९ सय भन्दा बढी युनिट पठाइएको छ। कम्पनीले सो गाडीलाई विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात गर्ने योजना बनाएको छ।

ई-भिटारा कम्पनीको प्रिमियम नेक्सा डिलरशिपमार्फत बिक्री गरिनेछ । यसको सुरुवाती मूल्य करिब १७ लाख भारु हुने अनुमान गरिएको छ । यसमा चीनको बीवाईडी कम्पनीबाट आपूर्ति गरिएका ४८.८ किलोवाट क्षमताको र ६१.१ किलोवाट क्षमताको दुई एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार सो मोडलले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज तय गर्ने दाबी गरेको छ ।

सो एसयूभी डेल्टा, जेटा र अल्फा गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा सानो ब्याट्री प्याक भएको मोडलले १४४ पीएस पावर र १९२.५ एनएम टर्क प्रदान गर्नेछ भने ठूलो ब्याट्री प्याक भएको मोडलले १७४ पीएस पावर र समान १९२.५ एनएम टर्क उत्पादन गर्नेछ। डीसी फास्ट चार्जिङ सुविधा सहित, सो ब्याट्री ० देखि ८० प्रतिशतसम्म केवल ५० मिनेटमा चार्ज गर्न सकिन्छ ।

ई-भिटारामा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, लेभल २ एडास, सात एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर समावेश छ । यो गाडीले हुन्डाई क्रेटा इलेक्ट्रिक, टाटा कर्भ ईभी, टाटा ह्यारियर ईभी, महिन्द्रा एक्सईभी ९ई र एमजी जेडएस ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा पनि हालै सम्पन्न नाडा अटाे शाे २०२५ मा याे गाडी प्रदर्शन गरिएकाे थियाे । नेपालमा समेत याे गाडी उपलब्ध हुनेछ ।

 

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...