ट्रम्पको कर नीतिका कारण फोर्डले तमिलनाडु प्लान्टको योजना पुनर्विचार गर्दै
Monday Oct 13, 2025
वि.सं.२०८२ असोज २७ सोमवार २१:२४
काठमाडाैं । फोर्डले तमिलनाडु प्लान्टको लागि आफ्नो योजनामा पुनर्विचार गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको नीतिको परिणामस्वरूप फोर्ड प्लान्ट बन्द गर्ने योजनामा पुनर्विचार गर्ने अवस्थामा पुगेको हो ।
फोर्डका शीर्ष कार्यकारीहरूले चेन्नई नजिकैको मराइमलाई नगर प्लान्टको भविष्यको बारेमा छलफल गर्न भेट्ने अपेक्षा गरिएको छ । उक्त मेटपछि प्लान्ट सञ्चालन सुरु गर्ने वा लगानी रद्द गर्ने भन्ने बारे निर्णय लिन सकिने जनाइएको छ
फोर्डले २०२२ को मध्यमा आफ्नो तमिलनाडु प्लान्टमा उत्पादन सञ्चालन बन्द गरेको थियो । कार निर्माताले आफ्नो सो प्लान्टबाट इन्जिन एसेम्बली पुनः सुरु गर्न खोजिरहेको थियो ।
यद्यपि, ट्रम्पको ट्यारिफ नीतिहरूले अमेरिकामा निर्यात महँगो बनाएपछि फोर्डले आफ्नो योजनाहरूको पुनर्विचार गर्न बाध्य भएको हो ।
फोर्डका प्रबक्ताका अनुसार, चेन्नई प्लान्ट बन्द गर्ने वा पुन सञ्चालन गर्ने विषय तमिलनाडु सरकारका प्रतिनिधीहरुसंग छलफल गरेपछि टुंगोमा पुर्याइने छ ।

























