IME Life
NIMB

एशियन कंक्रिटो आईपीओ तयारी : कम्पनीको साधारण सभा कात्तिक १९ गते

NIMB
Himalayan Bank

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक १९ गते साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले नवलपरासीस्थित कम्पनीको कार्यालयमा दिनको १२ः३० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ ।

सो अवसरमा सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये सम्बन्धित क्षेत्र र समूहका लगानीकर्तालाई पनि शेयर जारी गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

यस्तै, आईपीओ निष्कासनपछि कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आवश्यक थप निर्णय तथा कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण लगायतका अन्य साधारण र विशेष प्रस्तावहरू पनि पारित गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...