CG Electronics
IME Life
NIMB

छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

NIMB
Himalayan Bank

 

मकवानपुर । छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ ।

हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट सीधै किसानको बारीमै पुगेर खरिद गर्न थालेका छन् ।

बाँदर आतंकपछि वैकल्पिक बालीको रोजाइ
हेटौंडाका धेरै खेतीयोग्य क्षेत्र बाँदरको आतंकले प्रभावित भएका छन् । बाँदरले धान, मकै, कोदो जस्ता परम्परागत अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू अदुवा र बेसार जस्ता नगदे बालीतर्फ आकर्षित भएका हुन् ।

प्रदेश सरकारको ससर्त अनुदानका साथ हेटौंडा उपमहानगरपालिकाले कृषि सहकारीमार्फत करिब पाँच हजार किलो अदुवाको बिउ ७६ जना किसानलाई वितरण गरेको थियो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार पाँच सय किलो बेसारको बिउ २९ किसानलाई वितरण गरिएको छ ।

बिउ वितरण योजनामा ५० प्रतिशत लगानी प्रदेश सरकारको र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ। सहभागी किसानहरूले दुई वर्षभित्र लगाएको बिउ बराबर फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । जसले बिउ अर्को किसानसम्म पुग्ने सुनिश्चित गर्छ ।

बाँदर आतंकबाट मुक्ति र नगद आम्दानी
किसान अन्जु ढकाल भन्छिन्, “पहिले बाँदरले सबै बाली नष्ट गथ्र्यो, केही फल्दैनथ्यो । हैरान भएर १० वर्षसम्म बारी बाँझो राखेको थिएँ । अहिले अदुवा र बेसार लगाउँदा राम्रो उत्पादन भएको छ ।”
अदुवा खेतीले किसानलाई आर्थिक राहत मात्र दिएको छैन् । बाँदरबाट सुरक्षित बालीको विकल्प पनि बनेको छ । व्यापारीहरू बारीमै पुगेर खरिद गर्ने र नगद हातमै पाउने भएकाले किसानहरूमा उत्साह बढेको छ ।

छठ पर्वका कारण अदुवाको मूल्य पनि बढेको छ । सामान्यतया प्रति किलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बारीमै बिक्री भइरहेको छ । बाँदरको डरले खेती छाड्न बाध्य भएका किसानहरू अहिले अदुवाको हरियो बोटमै मूल्य पाउँदा अत्यन्त उत्साहित बनेका छन् ।

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...