Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

 

मकवानपुर । छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ ।

हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट सीधै किसानको बारीमै पुगेर खरिद गर्न थालेका छन् ।

बाँदर आतंकपछि वैकल्पिक बालीको रोजाइ
हेटौंडाका धेरै खेतीयोग्य क्षेत्र बाँदरको आतंकले प्रभावित भएका छन् । बाँदरले धान, मकै, कोदो जस्ता परम्परागत अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू अदुवा र बेसार जस्ता नगदे बालीतर्फ आकर्षित भएका हुन् ।

प्रदेश सरकारको ससर्त अनुदानका साथ हेटौंडा उपमहानगरपालिकाले कृषि सहकारीमार्फत करिब पाँच हजार किलो अदुवाको बिउ ७६ जना किसानलाई वितरण गरेको थियो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार पाँच सय किलो बेसारको बिउ २९ किसानलाई वितरण गरिएको छ ।

बिउ वितरण योजनामा ५० प्रतिशत लगानी प्रदेश सरकारको र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ। सहभागी किसानहरूले दुई वर्षभित्र लगाएको बिउ बराबर फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । जसले बिउ अर्को किसानसम्म पुग्ने सुनिश्चित गर्छ ।

बाँदर आतंकबाट मुक्ति र नगद आम्दानी
किसान अन्जु ढकाल भन्छिन्, “पहिले बाँदरले सबै बाली नष्ट गथ्र्यो, केही फल्दैनथ्यो । हैरान भएर १० वर्षसम्म बारी बाँझो राखेको थिएँ । अहिले अदुवा र बेसार लगाउँदा राम्रो उत्पादन भएको छ ।”
अदुवा खेतीले किसानलाई आर्थिक राहत मात्र दिएको छैन् । बाँदरबाट सुरक्षित बालीको विकल्प पनि बनेको छ । व्यापारीहरू बारीमै पुगेर खरिद गर्ने र नगद हातमै पाउने भएकाले किसानहरूमा उत्साह बढेको छ ।

छठ पर्वका कारण अदुवाको मूल्य पनि बढेको छ । सामान्यतया प्रति किलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बारीमै बिक्री भइरहेको छ । बाँदरको डरले खेती छाड्न बाध्य भएका किसानहरू अहिले अदुवाको हरियो बोटमै मूल्य पाउँदा अत्यन्त उत्साहित बनेका छन् ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...