CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सलाई इक्रा नेपालबाट ‘डबल ए माइनस’ क्रेडिट रेटिङ प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छसन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा बढी हिस्सा कायम राख्दै सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ ।

यही बजार नेतृत्व, ठूलो एजेन्सी सञ्जाल, अनुभवी व्यवस्थापन र संचालन दक्षताले कम्पनीको वित्तीय स्थायित्व मजबुद भएको इक्रा नेपालले जनाएको छ ।कम्पनीको दाबी भुक्तानी क्षमतासूचक सोल्भेन्सी रेसियो २०२४ को मध्य जुलाईसम्म १४५ प्रतिशत रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो ।

त्यस्तै, २०२४ मा कम्पनीले २१ अर्ब २९ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । जुन ठूला लगानी पोर्टफोलियो र स्थिर प्रतिफलका कारण सम्भव भएको इक्रा नेपालको विश्लेषणमा उल्लेख छ ।लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा राखिएकाले जोखिम न्यून देखिएको छ तर ब्याजदर घट्दै जाँदा प्रतिफल घट्ने जोखिम भने कायम रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।

बढ्दो प्रतिस्पर्धा, बीमा नवीकरण दरमा आएको गिरावट तथा नियामकीय परिवर्तनहरू कम्पनीका लागि चुनौतीका रूपमा देखिएका छन् । सन् २०२३ मा ८९ प्रतिशत रहेको पोलिसी नवीकरण दर सन् २०२४ मा ६२ प्रतिशतमा झरेर सीमित भएको तथ्याङ्कले बजार प्रतिस्पर्धाको दबाब प्रस्ट पार्छ ।

साथै, भविष्यमा लागू हुने अन्र्तराष्ट्रिय वित्त प्रतिबेदन मापदण्ड १७ लेखापरीक्षण मापदण्ड र बोनस सम्बन्धी मार्गनिर्देशनहरूका कारण कम्पनीको नाफा तथा वित्तीय सूचकहरूमा प्रभाव पर्न सक्ने सम्भावना आइक्रा नेपालले औंल्याएको छ ।

आगामी दिनमा नेपाल लाइफ इन्स्योरेनसले बढ्दो कोष र लगानी संरचनाबाट पर्याप्त तथा स्थिर प्रतिफल सुनिश्चित गर्न सक्ने क्षमता तथा सोल्भेन्सी स्थितिलाई मजबुद राख्ने परिणाम नै कम्पनीको रेटिङको प्रमुख निर्णायक कारक रहने उल्लेख गरिएको छ ।

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव विन्द्रा हाडा

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा...

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा– २०२६’ का विजेता घोषणा

एङ्कर र साउन्डकोरद्वारा नेपालमा ‘एङ्कर पावर हङ्गामा–...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २१:५६

  काठमाडौं । नेपालका लागि एङ्कर र साउन्डकोर ब्रान्डको आधिकारिक...