एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट
Friday Oct 31, 2025
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १०:३२
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूका लागि विशेष छुट सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र मकवानपुरस्थित ओम अध्याय रिट्रिट बीच सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले थाहा, मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिँदा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार, रिसोर्टको विभिन्न सेवा प्याकेजमा ग्राहकले १५ प्रतिशतसम्म छुट, जबकि खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्। यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यले ग्राहकलाई छुट सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिलाई बल पुर्याउने विश्वास व्यक्त गरेको छ।

























