Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने

 

काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो ।

काउन्सिलका अनुसार अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने उद्देश्यका साथ २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गरी सूचीकरणको प्रक्रिया सुरु गरिएको थियो । त्यसपछि नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो, जसअनुसार प्रेस काउन्सिलले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख राख्दै आएको थियो ।

निर्देशिका अनुसार काउन्सिलले मापदण्ड बनाइ रु. ३,००० शुल्क लिई अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएको थियो ।
तर हालै जारी ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ र सोअनुसार प्रकाशित ‘छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ कार्यान्वयनमा आएपछि अब अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलको अधिकारक्षेत्रभित्र नरहेको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सह–प्रवक्ता रामशरण बोहराले हस्ताक्षरित सूचनामा भनिएको छ, ‘माथि उल्लिखित ऐन तथा नियमावलीमा अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलले गर्ने गरी कानुनी व्यवस्था नभएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने बेहोरा सम्बद्ध सबैमा जानकारीका लागि प्रकाशित गरिएको हो ।’

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...