IME Life
NIMB

अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो ।

काउन्सिलका अनुसार अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने उद्देश्यका साथ २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गरी सूचीकरणको प्रक्रिया सुरु गरिएको थियो । त्यसपछि नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो, जसअनुसार प्रेस काउन्सिलले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख राख्दै आएको थियो ।

निर्देशिका अनुसार काउन्सिलले मापदण्ड बनाइ रु. ३,००० शुल्क लिई अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएको थियो ।
तर हालै जारी ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ र सोअनुसार प्रकाशित ‘छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ कार्यान्वयनमा आएपछि अब अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलको अधिकारक्षेत्रभित्र नरहेको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सह–प्रवक्ता रामशरण बोहराले हस्ताक्षरित सूचनामा भनिएको छ, ‘माथि उल्लिखित ऐन तथा नियमावलीमा अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलले गर्ने गरी कानुनी व्यवस्था नभएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने बेहोरा सम्बद्ध सबैमा जानकारीका लागि प्रकाशित गरिएको हो ।’

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...