CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज बैंकको मजबुत प्रगति, वितरणयोग्य मुनाफा दुई अर्ब ६२ करोड

NIMB
Himalayan Bank

 

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा सन्तुलित व्यवसायिक विस्तारका साथै स्थायित्व र पारदर्शिताप्रतिको प्रतिबद्धता प्रदर्शन गरेको जनाएको छ।

प्रकाशित विवरणअनुसार, बैंकले पहिलो त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५३ करोड ६३ लाख रुपैयाँ नाफाको तुलनामा करिब ३८.०४ प्रतिशतले घटेको हो। बैंकले नाफामा आएको यो कमी मुख्यतः इम्पेयरमेन्ट चार्ज बढ्नु र गैर–सञ्चालन आम्दानी घट्नुका कारण भएको जनाएको छ।

ब्याज आम्दानीमा वृद्धि, तर अन्य आम्दानी घट्दै

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले बढेको छ। ब्याज आम्दानीको यो वृद्धिले बैंकको कोर बैंकिङ व्यवसाय अझ सुदृढ बनेको सङ्केत गर्छ। तर, यस अवधिमा फी तथा कमिशन आम्दानी १९.८९ प्रतिशतले घटेको छ, जसले समग्र सञ्चालन मुनाफामा असर पारेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले वृद्धि भए पनि सञ्चालन मुनाफा २०.३७ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

इम्पेयरमेन्ट चार्ज बढ्दा मुनाफामा दबाब

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ। यो वृद्धि मुख्यतः सम्भावित ऋण जोखिम न्यूनीकरणका लागि गरिएको व्यवस्थापनको सावधानीपूर्ण नीति हो।
यसले बैंकको अल्पकालीन मुनाफा घटाए पनि दीर्घकालीन वित्तीय सुरक्षामा सकारात्मक प्रभाव पार्ने बैंकको भनाइ छ।

दुई अर्ब ६२ करोड वितरणयोग्य मुनाफा

यद्यपि खुद नाफा घटेको छ, बैंकको वितरणयोग्य मुनाफा भने दुई अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको आन्तरिक वित्तीय स्वास्थ्य र लाभांश वितरण क्षमतालाई बलियो बनाएको देखिन्छ।

बैंकको प्रति शेयर आम्दानी (EPS) १२ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ (Net Worth per Share) १७० रुपैयाँ २ पैसा पुगेको छ। हाल बैंकको मूल्य–आम्दानी अनुपात (P/E ratio) ३४.१३ गुणा रहेको छ।

पूँजी, जगेडा कोष र निक्षेप–कर्जा स्थिति

लक्ष्मी सनराइज बैंकको चुक्ता पूँजी सात अर्ब ४ करोड रुपैयाँ रहेको छ। यसबाहेक, बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ, जसले भविष्यका सम्भावित जोखिमलाई सामना गर्न सहज बनाएको छ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप–कर्जा अनुपात (CD ratio) सन्तुलित राख्दै बैंकले स्थायित्वपूर्ण वृद्धिमा ध्यान केन्द्रित गरेको छ।

सशक्त वित्तीय संरचना र भविष्यका लक्ष्य

नाफा घटेपनि, बैंकले संचालनको पारदर्शिता, जोखिम व्यवस्थापन, र प्रविधिमैत्री सेवा विस्तारमा निरन्तर सुधार ल्याएको जनाएको छ।
बैंकका अनुसार, डिजिटल बैंकिङ, ग्राहक सेवा प्रणाली, र ग्रामीण क्षेत्रमा पहुँच विस्तारमा विशेष ध्यान दिइएको छ।

बैंकले आफ्ना ग्राहकहरूलाई विश्वसनीय, छरितो र नवीनतम प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, लगानीकर्ताका लागि दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित हुने जनाएको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...