Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले दज्र्यानी चिन्ह (फुली) लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई दज्र्यानी चिन्ह (फुली) लगाइदिएका हुन् ।

उक्त समारोहमा बोल्दै आइजीपी कार्कीले आफूलाई महानिरीक्षकमा नियुक्त गरेकामा नेपाल सरकार, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मुख्यसचिव, गृहसचिव तथा गृहमन्त्रालयमा सकल दर्जाका कर्मचारीसहित गृहमन्त्रालयप्रति हार्दिक कृतज्ञता प्रकट गरे । उनले नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता गरे ।

‘संगठनमा सुढृण नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवम् प्रहरी कर्मचारीहरुको मनोवल बढाउन नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरुप निर्वाह गर्ने कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने । आइजीपी कार्कीले जेनजी आन्दोलन लगतै प्रतिकुल परिस्थितीमा पनि नेपाल प्रहरीले कुनै सुरक्षा रिक्तता रहन नदिई प्रहरी संरचनाहरु र सेवाहरुको पुनःस्थापित गर्ने सन्दर्भमा नेपाल प्रहरीले कर्तव्यप्रतिको प्रतिवद्धता र सहनशीलतालाई पुष्टि गरेको बताए ।

‘जेनजी आन्दोलन लगतैको प्रतिकुल परिस्थितीमा पनि कुनै सुरक्षा रिक्तता रहन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको अवस्था र छोटो समयमा प्रहरी संरचनाहरु र सेवाहरुको पुनस्थापित गर्ने सन्दर्भमा भएको उत्साजनक प्रवृतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवा भाव, कर्तव्यप्रतिको प्रतिवद्धता र सहनशीलताले फेरी एक पटक पुन पुष्टि गरेकोे छ । यो साहस र सकरात्मकता नेपाल प्रहरीको शक्ति पनि हो,’ उनले भने ।

कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको पनि साथ

निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रालिको...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४२

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा कुनै बेला ‘फ्लप’ फिल्महरूको...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...