Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन वाई पार्टनर’ ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको एआई–सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेको छ ।

कार्यक्रममा एनपीएल सिजन १ का म्यान अफ द टुर्नामेन्ट रहेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ओमोडा ई५ कार प्रदान गरी सम्मान गरिएको थियो, जसले दर्शकहरुलाई आफ्ना मनपर्ने टिम र प्रतियोगितासँग अझ नजिक ल्याएको थियो।

 

कार्यक्रममा ओमोडा एन्ड जेइकोको आधिकारिक शो-रुममा नेपाल प्रिमियर लिगको आकर्षक ट्रफी प्रदर्शित गरिएको थियो, जहाँ मिडिया, इन्फ्लुएन्सर, अटो-प्रेमीहरु र क्रिकेट समर्थकहरुको उपस्थिति रहेर क्रिकेटको जोश र ओमोडा एन्ड जेड़कोको खेलप्रति समर्पण झल्किएको थियो।

 

ट्रफी दुरपछि आयोजित विशेष कार्यक्रममा कम्पनीले रोबोट डगको नाम पनि सार्वजनिक गरेकाे हाे । यो क्षणले नेपाली दर्शकहरूसँग भावनात्मक सम्बन्ध र नवप्रवर्तनको शुरुवातलाई संकेत गरेको थियो। नाम सार्वजनिक गर्ने कार्य एसपीजी अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, एसपीजी अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडा, ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासेडर तथा क्रिकेटर दिपेन्द्र सिंह ऐरी र एसपीजी अटोमोबाइल्सका सदस्यहरुले संयुक्त रुपमा गरेका थिए।

कम्पनीले यसअघि आफ्ना फ्यानहरुलाई डगको नाम सुझाउन आह्वान गरेको थियो। प्राप्त सुझावहरूमध्येबाट डगको नाम चंखे चयन गरिएको हो, जसको अर्थ “चतुर” हुन्छ। यसले युवाप्रेरणा, खेलकुदको विकास र प्रविधिमूलक सोचप्रति ओमोडा एन्ड जेइको को प्रतिबद्धता दर्शाउँछ।

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमै नेप्से...

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३१

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका...

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात वृद्धि दर अझै उच्च

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:१९

  काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा...

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति नयाँ उचाइमा

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १२:५८

  काठमाडौं । नेपालका लागि केन्या गणराज्यका मानार्थ कन्सुल चन्द्र...

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०९:००

  बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ताएमएडब्लू वृद्धि...

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश : प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंक गर्भनरबाट विशेष शुभकामना

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश :...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०८:०१

काठमाडौं। नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड ८९औँ वर्ष...