Ncell NPL
NIMB
NMB Bank

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज देशका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ ।

नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ इभि नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको छ । ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधा केन्द्रमा, विस्तृत बिक्री परामर्श,
प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पार्ट्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ, जसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनिले जनाएको छ ।

उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा नाडा कोशीका अध्यक्ष दिल्ली राम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजित गरिएका थिए, जसले इभि प्रेमी तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवालले भन्नुभयो- ‘विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहँदै आएको छ । यो नयाँ थ्रीएस शोरुममार्फत हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा सम्पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याउँदैछौं ।’

विराटनगर शोरुमको उद्घाटनले प्रोटोन ईमासको द्रुत विस्तार रणनीतिलाई अझ बलियो बनाएको छ, जसअन्तर्गत नेपालका प्रमुख शहरहरूमा प्रिमियम इलेक्ट्रिक सवारी साधन तथा पेशेवर सेवाको पहुँच सुनिश्चित गरिएको छ ।

पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको छ ।

 

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१६

  काठमाडौँ । जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:५७

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु : सेवा विस्तार गरेर उपत्यका जोड्ने तयारी

नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस...

वि.सं.२०८३ वैशाख २ बुधवार ०८:५९

  काठमाडौं । काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस...

नेपालमा रोयल इन्फिल्डको ‘गोअन क्लासिक ३५०’ सार्वजनिक हुँदै, आजै मूल्य घोषणा गरिने

नेपालमा रोयल इन्फिल्डको ‘गोअन क्लासिक ३५०’ सार्वजनिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०८:५०

  काठमाडौँ। Alpha Automotive Pvt. Ltd. ले नेपालमा Royal Enfield...