CG Electronics
IME Life
NIMB

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त, बुटवलमा नयाँ शो–रूमको उद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बुटवल । नेपालको लागि जिली EX5 इलेक्ट्रिक सवारीसाधनको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले बुटवलका लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेको छ। कम्पनीको देशव्यापी डिलर विस्तार रणनीनअन्तर्गत बुटवलमा नयाँ शोरूमको आज विशेष समारोह बीच उद्घाटन गरिएको हो।

बुटवल र आसपासका क्षेत्रका ग्राहकलाई जिली EX5 का इलेक्ट्रिक सवारीसाधन स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यसहित सोमार्जुन मोटर्सले निर्माण गरेको नयाँ शोरूम आज औपचारिक रूपमा सञ्चालनमा आएको छ।

एलआरआर मोटर्सले यो वर्षभित्र देशभर १४ वटा नयाँ डिलर स्थापना गर्ने घोषणा गरिसकेको छ। सो योजनाको पहिलो चरणको रूपमा बुटवल शोरूम उद्घाटनलाई कम्पनीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

उद्घाटनकै अवसरमा सोमार्जुन मोटर्सले दुईवटा जिली EX5 Max मोडल ग्राहकलाई हस्तान्तरण गरेको छ। पहिलो दिनमै दुई युनिट बिक्री हुनु जिली इभीप्रतिको स्थानीय माग र ग्राहकको रुचिको संकेत भएको कम्पनीले जनाएको छ।

नव–सञ्चालित शोरूममार्फत बुटवल तथा आसपासका क्षेत्रका ग्राहकले जिलीका EX5 Max र EX5 Pro मोडेलसहित बिक्री–पछिको सेवा, स्पेयर पार्ट्स तथा आवश्यक सहयोग एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।

सोमार्जुन मोटर्सका CEO अर्जुन भूषालले बुटवल क्षेत्रमा जिली इभी वितरण सुरु गर्न पाउँदा खुशी व्यक्त गर्दै भने, “हामीले यहाँका ग्राहकलाई विश्वसनीय, आधुनिक र सुरक्षित EV विकल्प प्रदान गर्ने लक्ष्यका साथ सेवा सुरु गरेका हौं। EX5 को गुणस्तर र प्रविधिप्रति हामी पूर्ण विश्वस्त छौं।”

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले सोमार्जुन मोटर्स जस्ता सक्षम र प्रतिबद्ध साझेदारहरूले जिली ब्रान्डको देशव्यापी विस्तारलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले नयाँ शोरूमले अत्याधुनिक सुविधा र उन्नत ग्राहक अनुभवप्रतिको कम्पनीको प्रतिबद्धता झल्काएको बताए।

सोमार्जुन मोटर्सले बुटवल क्षेत्रका इभी ग्राहकलाई आवश्यक सेवा पुर्‍याउन सक्षम जनशक्ति र जिलीको अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सेवा सुविधा व्यवस्था गरेको जनाएको छ। अब बुटवलमा जिली EX5 सहज उपलब्ध भएपछि ग्राहकले गुणस्तरीय स्पेयर पार्ट्स, छिटो सेवा र उत्कृष्ट बिक्री–पछिको सुविधा पाउनेछन्।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...