CG Electronics
IME Life
NIMB

नेशनल फण्ड म्यानेजमेन्टले साधारण शेयर निष्काशन गर्न लाग्यो, निष्काशन प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले रु १०० अंकित दरका २१ लाख ६ हजार कित्ता, अर्थात् रु २१ करोड ६ लाख बराबरको २० प्रतिशत साधारण शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

शेयर निष्काशनसम्बन्धी सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले मिति २०८२ मंसिर ७ गते नयाँ बानेश्वरस्थित क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार निकट भविष्यमै साधारण शेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भई, नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अनुसार प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड तथा हेज फण्ड संचालन गर्न अनुमति प्राप्त संस्था हो। साथै, कंपनीले बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्ने स्वीकृति पनि पाएको छ।

कम्पनीले हाल नेशनल इक्विटी फण्ड–१ (विविधिकृत प्राइभेट इक्विटी फण्ड) तथा नेशनल हाइड्रो फण्ड–२ (उर्जा क्षेत्र लक्षित फण्ड) सञ्चालन गरिरहेको छ। क्रेडिट रेटिङ संस्थाबाट पनि कम्पनीले उपयुक्त रेटिङ प्राप्त गरेको जनाएको छ।

नेशनल फण्ड म्यानेजमेन्टमा सरकारी संस्थाको करिब २७ प्रतिशत, साथै विभिन्न बैंक, वित्तीय संस्था र एनआरएनहरूको लगानी रहेको छ। कम्पनीले विगत तीन वर्षदेखि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...