CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका कफी र क्याफियोफिलियामा विशेष छुट

NIMB
Himalayan Bank

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधामूलक सेवा उपलब्ध गराउने उद्देश्यसहित अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सहकार्य गर्दै विशेष छुट सुविधा सुरु गरेको छ।

कफी पारखीहरूलाई लक्षित गर्दै गरिएको यस सहकार्यअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे (भक्तपुर), यूएन पार्क (ललितपुर), मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी शाखाबाट सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

छुट दरअनुसार कफी तथा तातोपेयमा १०% र इटालियन खानामा १५% छुट लागू हुनेछ।

त्यस्तै, बैंकका ग्राहकले क्याफियोफिलिया (भैंसेपाटी) मा बेकरी बाहेकका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यो सहकार्यबाट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

यसअघि, बैंकले आफ्ना क्रेडिट कार्ड धारकका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा कार्ड प्रयोग गर्न सकिने व्यवस्था सुरु गरेको थियो। यस योजनाअन्तर्गत ग्राहकले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकम ६ देखि १२ महिनासम्म लचिलो किस्ताबन्दीमा तिर्न सक्ने सुविधा पनि प्रदान गरिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...