CG Electronics
IME Life
NIMB

कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेशलाई एक लाख

NIMB
Himalayan Bank

 

काठमाडौं । कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेसँगै एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट एसोसियसनलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।

कर्णाली याक्सले दोस्रो संस्करणको एनपिएलको लागि एसियन पेन्ट्ससँग सहप्रायोजकको सम्झौता गरेको छ । कर्णाली याक्सले जितेको हरेक खेलमा एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेटको विकासकोे लागि एक लाख रुपैँया दिने सम्झौता भएको थियो ।

पूर्व प्रतिबद्धताअनुसार आइतबार एसियन पेन्ट्सले एक कार्यक्रमबीच कर्णाली प्रदेश क्रिकेट संघका प्रतिनिधिलाई पूर्व घोषित एक लाख रुपैया उपलब्ध गराएको हो । कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका निर्देशक गृहेन्द्र घिमिरेको रोहबरमा एसियन पेन्ट्सका नेस्नल सेल्स, एक्टिभेसन एण्ड मार्केटिङ म्यानेजर दिपक बरालले कर्णाली क्रिकेट एसोसियसनका सचिव श्रीधर केसीलाई उक्त रकम बराबरको चेक उपलब्ध गराए ।

कर्णाली याक्सले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो । स्कटिस खेलाडी मार्क वाटले सतक बनाएपछि कर्णालीले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पूर्वघोषित पुरस्कार पाएपछि कर्णाली क्रिकेटका सचिव तथा क्यानको केन्द्रिय सदस्य श्रीधर केसीले यो रकम कर्णाली क्रिकेटको ग्रासरुटमा प्रयोग गर्ने जानकारी गराए । ‘कर्णाली याक्स र एसियन पेन्ट्सबाट भएको सम्झौताले निकै खुसी मिलेको छ । यो रकम हामी ग्रासरुट क्रिकेट र कर्णालीको क्रिकेट विकासमा प्रयोग गर्नेछौं ।’

निर्देशक गृहेन्द्र घिमिरेले एसियन पेन्ट्सलाई धन्यवाद दिए । उनले कर्णाली प्रदेशको क्रिकेट विकास र समग्र नेपाली क्रिकेटको विकासमा कर्णाली याक्स प्रतिवद्ध रहेको धारणा राखे । ‘यस्तै साना साना सहयोगले नेपाली क्रिकेटको विकास हुन्छ । हाम्रो सानो सहयोगले प्रदेश क्रिकेटको ग्रासरुटमा राम्रो होस् भन्ने चाहना छ,’ निर्देशक घिमिरले भने, ‘हामी कर्णाली याक्समात्रै नभएर प्रदेश क्रिकेटको विकास पनि चाहन्छौं । आगामी दिनमा अझै धेरै सहयोग गर्नेछौं । यो सहयोगको लागि एसियन पेन्ट्सलाई धन्यवाद ।’

कर्णाली याक्समा प्रदेशका पाँच खेलाडी रहेका छन् । विपिन शर्मा, युनिस विक्रम ठकुरी, दीपेन्द्र रावत, अर्जुन घर्ती र मनिष थापाले दोस्रो एनपिएल खेलिरहेका छन् । मनिष यसपटक ट्यालेन्ट हन्टबाट टिममा जोडिएका हुन् । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट उदाएका खेलाडी हुन् । कर्णाली याक्सले पहिलो संस्करणको अक्सनबाटै युनिस, दीपेन्द्र र अर्जुनलाई अनुबन्ध गरेको थियो ।

पहिलो सिजनमा प्लेअफसम्मको यात्रा गरेको कर्णालीले याक्सले मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई जिम्मेवारी सुम्पिएको छ । टोलीले मार्की सोमपाल कामीसहित गुल्सनकुमार झा, नन्दन यादव, विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिषविक्रम ठकुरी रिटेन गरेको थियो ।

कर्णाली याक्सले मिनि अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो । यता, विदेशी खेलाडीमा अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, अस्ट्रेलिया विलियम बासिस्टो, नेदरल्यान्ड्सका म्याक्स ओ डावड तथा भारतका जयकिसन कोल्सावाला र प्रियाङ पन्चाल छन् ।

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...