CG Electronics
IME Life
NIMB

अब घरमै स्टेडियम र थिएटरको अनुभव: CG Meridiaको 4K AI Google TV सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, नेपाल— नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स कम्पनी CG Electronics अन्तर्गत CG ब्रान्डले आफ्नो प्रिमियम CG Meridia Signature Series अन्तर्गत AI-सक्षम 4K Google TV का तीन मोडेल—65” (65GTVU5), 55” (55GTVU5) र 43” (43GTVU5)—नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका प्रतिनिधि अनुसार, “CG Meridia Signature Series नेपालमा AI Television प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो र सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित छ। हाम्रो नयाँ AI 4K Google TV श्रृंखला नेपाली उपभोक्तालाई विश्वस्तरीय प्राविधिक अनुभव घरेलु मूल्यमा उपलब्ध गराउने र विशेषगरी NPL लाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो, जहाँ उपभोक्ताले, आफ्नै घरमै बसेर खेलकुदको स्टेडियम–जस्तो अनुभव र चलचित्र हेर्दा हलको जस्तो थिएटर अनुभव मज्जाले आफ्नै लिभिङ रुममा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ ल्याइएको हो। यसले केवल मनोरञ्जन अनुभव सुधार्ने मात्र होइन, घरभित्रको डिजिटल इन्टरएक्शनलाई पनि स्मार्ट, सरल र व्यक्तिगत बनाउनेछ।”

मुख्य AI विशेषताहरू

• AI Skin Detection: मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
• AI Motion Clarity: द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा Motion Blur र Ghosting घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।

• MEMC (More Frames, More Clear): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
• AI Dialogue Clarity Enhancer: AI अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
• Find My Remote Control: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ।
• अन्य AI क्षमताहरू: AI 4K Upscaling ले कम रिजोल्युसन कन्टेन्टलाई 4K नजिक ल्याउँछ। AI Learning Capability ले प्रयोगकर्ताको हेर्ने बानी अनुसार Personalized अनुभव प्रदान गर्छ। स्वचालित Picture–Audio Calibration ले Brightness, Contrast, Sharpness र Sound Level आफैं समायोजन गर्छ।

प्राविधिक विवरण (Technical Overview)

• प्रोसेसर/स्मृति: Quad Core A55 CPU, Mali-G52 GPU, 2GB RAM, 16GB Storage
• दृश्य गुणस्तर: 4K Ultra HD, HDR10/HLG, Dynamic Contrast, 105% BT.709 Wide Color Spectrum, MEMC
• ध्वनि: Dolby Digital Plus, 20W/24W Stereo Speakers, Surround Sound
• स्मार्ट सुविधाहरू: Google TV, Chromecast Built-In, Google Assistant, Kids Mode, Gaming Mode, Remote Locator System
• कनेक्टिभिटी: Dual Band Wi-Fi, Bluetooth 5.1, HDMI ARC + 3 HDMI Ports, 2 USB Ports, Optical Out, Earphone Jack
• डिजाइन: Frameless Premium Design, Smooth Motion Technology

सीजी इलेक्ट्रोनिक्सको परिचय :

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २० वटा आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। ग्राहक सुविधाका लागि आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि उपलब्ध छ।

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...