CG Electronics
IME Life
NIMB

चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिंङ सेन्टरकोे स्तरउन्नती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । चौधरी फाउण्डेशनले एक औपचारिक समारोहमार्फत गडी गाउँपालिका–७ अन्तर्गत रहेको सत्यमझोरा स्वास्थ्य चौकीमा स्तर उन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्रीहरु हस्तान्तरण गरी उद्घाटन गरेको छ। यो सहयोगले यस क्षेत्रका आमाहरू र नवजात शिशुहरूका लागि सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच प्रवर्धन गर्ने उद्देश्य राखेको छ ।

चौधरी फाउन्डेशनले स्वास्थ्य चौकीलाई आवश्यक सामग्रीहरु उपलब्ध गराई प्रसूति केन्द्रलाई आधुनिक, उपयोगी र मापदण्डअनुसारको सुविधासहित सक्षम बनाउन सहयोग गरेको छ। आजको हस्तान्तरण तथा उद्घाटन समारोहमा चौधरी समूहका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी, गडी गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै चौधरी समूहका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले भने,“यो केवल एउटा परियोजना मात्र होइन, प्रत्येक आमाले सुरक्षित वातावरणमा सुरक्षित प्रसूति गर्ने अवसर पाउन र प्रत्येक नवजात शिशुले सम्मानजनक तथा स्वस्थ जीवनको सुरुवात पाउन हामीले गरेको हार्दिक प्रतिबद्धता हो।”

अन्य वक्ताहरूले समुदाय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ गर्नु अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै चौधरी फाउन्डेशनको दीर्घकालीन योगदानप्रति आभार प्रकट गरे।

सुनसरीमा भएको यो पहल चौधरी फाउन्डेशनद्वारा सातै प्रदेशमा सञ्चालन भइरहेका प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा हो। संस्थाले स्थानीय आवश्यकता अनुरूप प्रसूति केन्द्रहरू आधुनिक उपकरण तथा पूर्वाधारले सुदृढ गर्दै आएको र आगामी दिनहरूमा पनि यसलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

अहिलेसम्म हामीले नवलपरासीको पक्लिहवा प्रसूति केन्द्र, नवलपुरको देवचुली नगर अस्पताल, र सप्तरीको फत्तेपुर स्वास्थ्य चौकी सहित चार वटा प्रसूति केन्द्रको स्तरोन्नति गरेका छौँ ।

चौधरी फाउन्डेशनले नेपालका आमाहरू र शिशुहरूका लागि सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, महिला सशक्तिकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्यप्राप्तिमा निरन्तर योगदान दिँदै आएको छ र भविष्यमा पनि यो अभियानलाई अझ सबल बनाउँदै लैजाने उद्दृेश्य लिएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...