CG Electronics
IME Life
NIMB

निरन्जन कुँवर : जसले विश्वका प्रमुख आइटी कम्पनीमा काम गरे तर भविष्य नेपालमै देखे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

निरन्जन कुँवर पोखरामा जन्मे । पोखरामै विद्यालय स्तरको शिक्षा हासिल गरे । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरे । आइएसी सकेपछि उनको विदेश उडान सुरु भयो । सन् १९९२ मा इन्जिनियरिङ अध्ययनका लागि रसिया पुगेका उनले ६ बर्षभित्र इलेक्ट्रोनिक्स र रेडियो कम्युनिकेशनमा मास्टर डिग्री सके र सोहीबेला करियरको सुनौलो यात्रा सुरु गरे । उनले करियरका लागि रोजेको क्षेत्र आइटी सेक्टर थियो ।

‘यो क्षेत्रमा के गर्न सकिन्छ भनेर सोचिरहेको थिएँ । त्यसका वाबजुद तेस्रो वर्षमा अध्ययन गरिरहेकाबेला कम्प्युटर प्रोगामिङमा इन्ट्रोडक्सन भयो । त्यसबेला भर्खर इन्टरनेट र इमेल आएको थियो । अब के गर्न सकिन्छ भनेर सोचिरहेका बेला अर्को विश्वविद्यालयमा आइटी पढेको हुँ,’ आफ्नो अध्ययनको फेहरिस्त सुनाउँदै उनले भने,‘१९९८ मा नेपाल फर्किदा तीनवटा डिग्री लिइसकेको थिएँ । त्यसबेला नेपालमा बसेर केही गर्ने सोच थियो । तीनचार महिना संघर्ष गरें । पछि पोखराको हिमालय कम्प्युटरमा काम गरें ।’

पोखरामा काम गर्दागर्दै हङकङ जाने सौभाग्य पाएका निरन्जनले आठ बर्ष हङकङमै विताए । त्यसबेलासम्म उनले आइटी क्षेत्रमा निकै अनुभव बटुलिसकेका थिए । हङकङको इन्टरनेट सोलुसन्स कम्पनीमा सामान्य कर्मचारी बनेर प्रवेश गरेका उनी आठ बर्ष काम गर्दा तीनवटा डिपार्टमेन्टको हेड बनिसकेका थिए ।

‘त्यो कम्पनीमा म जुनियर इन्जिनियर बनेर छिरेको हुँ । आठबर्ष काम गर्दा तीनवटा डिपार्टको हेड बनेर निस्किए । अनि मैले सोहीबेला अर्थात सन् २००३–५ सम्म त्यहाँकै एक विश्वविद्यालयमा आइटी र स्पेसलाइजेसन अफ साइबर सेक्युरिटी विषयमा मान्टर्स गरें । त्यसले मलाई थप प्रेरित बनायो । त्यसबेला साइबर सेक्युरिटीको विषय खासै चर्चामा थिएन । म नेटवर्किङमा काम गरिरहेको थिए । यसबारे धेरैलाई जानकारी थिएन ।’

आइटी क्षेत्रमा भविष्य देखेका निरन्जनको यात्रा हङकङमा मात्र सिमित रहेन् । उनले यूके उड्ने योजना बनाए र सन् २००७ मा हङकङ छाडे र युकेमा बसेर विश्वव्यापी चर्चित कम्पनीहरुमा काम गरेर अनुभव बटुले । ‘यूकेमा मल्टीनेशनल कम्पनीहरुमा काम गर्ने अवसर मिल्यो । मेक्याफी भन्ने साइबर सेक्युरिटी कम्पनी, अनिल अम्बानीको रिलाएन्स ग्लोबल कम्पनी आदिमा काम गर्ने मौका पाए । फाइनेनसियल सर्भिसेजमा काम गर्ने १० हजार बढी कर्मचारी भएको इन्भेस्को जस्ता कम्पनीहरुमा काम गरे । यी कम्पनीहरुमा काम गर्दा नेपालमै केही गर्ने इच्छा थियो,’ उनले विगत सुनाए ।

आइटी क्षेत्रमा सुन्दर भविष्य देखेका उनी हाल नेपालीहरुले नै संचालन गरेको जेनेश सोलुसनसंग आबद्ध छन् । सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञका रुपमा कहलिएका निरन्जन बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्श दातृ कम्पनी जेनेस सलुशनको प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) रुपमा काम गरिरहेका छन् ।

नेपालमै आइटी सेक्टरमार्फत विश्वव्यापी व्यवसाय विस्तार गरिरहेको जेनेश सोलुसनले झन्डै एक दर्जन देशमा आफ्नो संजाल समेत विस्तार गरिरहेको छ । सोही कम्पनीमार्फत उनी स्वदेशमै पनि आइटी क्षेत्रमा युवाहरुलाई रोजगारी दिन सकिन्छ भन्ने मिसनमा दौडिरहेका छन् ।

हुनत उनी नेपालमै आइटी कम्पनी खोलेर केही गर्न खोजिरहेका थिए । तर यूकेमा कम्पनी खोलेर नेपालमार्फत सेवा दिने अभियानमा लागेका जेनेश सलुसनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलसँगको संवादपछि निरन्जनले जेनेसमार्फत नै आइटी क्षेत्रमा सहकार्य गरिरहेका छन् ।

‘हुनत मैंले विश्वव्यापी कम्पनीहरुमा अढाइ दशक विताए । तर मातृभूमिको लागि योगदान गर्ने सपना थियो त्यो जेनेशबाट गरिरहेको छु,’ उनले भने । तर नेपालमा सरकारी नीति र कानुनहरु लगानीमैत्री अझै भइनसकेको उनको गुनासो छ । ‘कम्पनी खोल्न र लगानी गर्नका लागि नेपालमा धेरै अवसरहरु छन् तर नीतिगत झन्झटमुक्त बनाउनैपर्छ,’ उनले भने ।

साइबर सेक्युरिटी, क्लाउड, कृत्रिम बौद्धिकता (एआइ), डेटा र सफ्टवेयर इन्जिनियरिङ क्षेत्रमा स्वदेशमै संभावना देखेका उनी नेपाली युवाहरु अब स्वदेशमै बसेर आइटी क्षेत्रमा काम गर्न सकिने बताउँछन् । ‘हुनत विदेश जानु हुँदैन भन्ने होइन, अनुभव लिनका लागि विदेश जानुपर्छ । तर नेपालमा संभावना छैन भनेर निराश हुनुपर्दैन । इन्टर्नसिपका लागि जेनेश सलुशनलेपनि अवसर दिन्छ ।’

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...