CG Electronics
IME Life
NIMB

DishHome (GO)ले NPL 2025 विश्वभर प्रत्यक्ष प्रसारण गर्दै ऐतिहासिक उपलब्धि हासिल

NIMB
Himalayan Bank

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार DishHome (GO) एप ले उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीचको रोमाञ्चक भिडन्त दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल भएका छौ । दर्शक संख्यालाई प्राविधिक भाषामा, “कन्क्युरेन्ट भ्युवर्सिप” भनिन्छ, जसले DishHome (GO) को तयारी र प्रविधिक क्षमता पुष्टि गर्छ ।

उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका थिए। यो समस्या केवल DishHome (GO) को नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको थियो । विशेषतः एनपिएल सिजन पास को सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए। एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएका थिए ।

DishHome (GO) एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए, दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पास को सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको थियो ।

यसैगरी, दोस्रो र तेस्रो दिनको खेलमा लगभगसबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भइसकेका छन् । DishHome (GO) का आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटि सक्रिय गरियो । यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको छ ।

 

थप सहजता सुनिश्चित गर्न, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पास को भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ । खल्ती तथा इसेवा बाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ । प्रत्येक व्यक्तिले आवश्यक अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध गरिएको छ, जसले घरपरिवार र साथीभाईलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपिएल हेर्न सहयोग पु¥याउनेछ ।

DishHome (GO) ले यो चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यसरी, म्ष्कजज्यmभ ९न्इ० अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढाइरहेको छ र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।

 

DishHome (GO) एपका आधिकारिक प्रवक्ताले भने, “हामीले सामना गरेका प्राविधिक चुनौतीहरू हाम्रो मात्र नभई, विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए । यसै कारण पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव दिन विभिन्न कठिनाई हुँदा निशुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकहरुले सजिलै हेर्न पाएका थिए। दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ । हामी यस उपलब्धिलाई नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मान्छौं । यस क्रममा दर्शक महानुभावहरुमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै यहाँहरुको दोहोरिएको भुक्तानी रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।

 

 

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...