CG Electronics
IME Life
NIMB

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ । पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथा लघुवित्तको कर्जा सीमा घटाएको थियो । विशेषगरी लघुवित्तको अत्यधिक ऋणभारका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै सीमा कटौती गरिएको थियो । तर हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको र कर्जा विस्तार कमजोर भइरहेको स्थितिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पुनः सीमा वृद्धि गरेको हो ।

समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ । अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

त्यस्तै, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित जिल्ला—जस्तै इलाम—का उद्यम तथा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याजदरमा कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

एकपटकका लागि हुने यो सुविधाले प्रभावित व्यवसायलाई पुनःउठानमा मद्दत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकको यो नीतिगत समायोजनले कर्जा प्रवाहमा सुधार हुने तथा अर्थतन्त्रको चलायमानतामा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...