CG Electronics
Ncell NPL
NIMB

अशोक बिष्टको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गरेका हुन्।

गीतमा मौलिक कला, धर्म, संस्कृति, मेलापात, बेठी, चाडपर्व, रत्यौली–ठट्यौली लगायत विभिन्न जातजाति र धर्मबीचको एकता, माया र प्रेमको कथावस्तुलाई समेटिएको छ ।

गीतमा स्वर अशोक बिष्ट र अस्मिता न्यौपानेले दिएका छन् भने संगीत र निर्देशन सरोज प्याकुरेलले गरेका छन्। यस्तै, एरेन्ज वरिष्ठ एरेन्जर मनोहर सुनामले र रेकर्डिङ–मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा सम्पादन गरेका हुन्।

सुमधुर स्वरमा प्रस्तुत यो गीतको भिडियोमा पुनम दाहाल, अशोक बिष्ट सहित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूको आकर्षक अभिनय गरिएको छ।

गीतको नृत्य निर्देशन विद्यालयकी नृत्य शिक्षिका कमला चुधारले गरेकी छन् भने कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन्।

उनका ‘सानु तिमीले’, छिट्टै मान्छे हामी… र फर्की आउन साथी सङ्गी … लगायत २० वटा रचना गरिसकेका छन् ।

गीत अशोक बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजिनक गरिएको हो। राष्ट्र सेवामा समर्पित विष्टले गीतसङ्गीतलाई निरन्तर दिइरहेका छन् । उनको यो पछिल्लो कोशेली हुन् । उनी हाल लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् ।

 

CG Electronics
केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२९

  काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट...

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२५

    काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय...

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:१४

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा...

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:०७

  काठमाडौं। सरकारी विज्ञापन कारोबारमा ‘३ अर्ब रुपैयाँ गायब भएको’...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता,...

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:४३

  काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच...