CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्ट्स लिमिटेडले १२.५० प्रतिशत लाभांश पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं।शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०७९/८० को दशौँ वार्षिक साधारण सभा आज सञ्चालक समितिका अध्यक्ष श्री गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले कम्पनीले पेस गरेका सबै साधारण तथा विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति तथा कम्पनीले आर्जन गरेको खुद नाफाबाट १०% नगद लाभांश (करसहित) र २.५०% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

यसअनुसार कुल १२.५०% लाभांश वितरण हुने भएको छ। हालको चुक्ता पुँजी ६ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा बोनस शेयर पछि जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब २७ करोड ३२ लाख ७ सय १२ रुपैयाँ ५० पैसा कायम हुने बताइएको छ।

अध्यक्ष गोयलले शेयरधनीहरूले व्यक्त गरेका सुझाव, राय र सल्लाहलाई कम्पनीले आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै कम्पनीको आगामी योजनाबारे संक्षिप्त जानकारी पनि दिएका थिए।

राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान ११:३० बजे सुरु भएको सभा साँझ ५:०६ बजे सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...