CG Electronics
IME Life
NIMB

कुमारी बैंकद्वारा दिगो यातायात प्रवर्द्धनका लागि अनुदानसहितको विद्युतीय सवारी ‘ग्रिन हायर पर्चेज कर्जा’ योजना सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । कुमारी बैंकले दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित ‘ग्रिन हायर पर्चेज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै बैंकले आफ्ना प्रडक्ट, प्रक्रिया तथा साझेदारीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई टेवा पुर्‍याउँदै आएको जनाएको छ।

यो योजना जर्मन सहयोग नियोग जिआइजेड (GIZ) तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (GGGI) लगायतका संस्थाहरूको व्यवस्थापन तथा प्रवर्द्धनमा सञ्चालित ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET-N)’ परियोजनाअन्तर्गत साझेदारीमा सञ्चालन गरिएको हो।

यस योजनाअन्तर्गत सार्वजनिक यातायात सेवामा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रोबस खरिद गर्न कुमारी बैंकबाट कर्जा लिँदा आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नेछन्। साथै ऋणीले भुक्तानी गर्नुपर्ने प्रारम्भिक रकम (डाउन पेमेन्ट) मा परियोजनाबाट निर्धारण गरिएका अनुदानसमेत उपलब्ध हुनेछ।

त्यसैगरी हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनलाई विद्युतीय बस वा माइक्रोबसमा रूपान्तरण गर्न कर्जा लिन चाहेमा थप अनुदान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि परियोजनामा आबद्ध सवारी साधन आपूर्तिकर्ताबाट विद्युतीय सवारी खरिद गर्न आवश्यक कागजातसहित कुमारी बैंकका शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ।

बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाअन्तर्गत प्रदान गरिने अनुदानले ऋणीहरूको प्रारम्भिक पुँजी व्यवस्थापनमा सहुलियत पुर्‍याउनुका साथै सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढाएर प्रदूषण न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...