कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग
Tuesday Dec 16, 2025
वि.सं.२०८२ पुस १ मंगलवार २३:०९
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई आवश्यक कम्प्युटर हस्तान्तरण गरेको छ। यो सहयोग २०८२ भदौ २३–२४ मा भएको न्भलश् युवा समूहको आन्दोलनको क्रममा बार एशोसिएशनको भवन र परिसरमा क्षति पुर्याइएको घटनापछि प्रदान गरिएको हो।
बैंकका कानुन विभाग प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले कम्प्युटरहरू वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष प्रा. डा. मिश्रले यो सहयोग एशोसिएशनको कार्यालय सञ्चालनका लागि महत्वपूर्ण भएकोमा खुशी व्यक्त गर्नुभयो।
कार्यक्रममा बैंकका सीएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरू उपस्थित थिए। अधिवक्ता भट्टराईले समन्वय र समाज विकासमा सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो।




























