IME Life
NIMB

नेपाल बैंक लिमिटेडको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा

NIMB
Himalayan Bank

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा खातावाल ग्राहकहरूलाई लक्षित गर्दै ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकको सेवा प्रदायक क्याट इन्टरनेशनल प्रा.लि.को सहकार्यमा ब्रान्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो।

२०८२ साल पौष महिनाभर लागू हुने यस अभियानअन्तर्गत नेपाल बैंक मोबाइल बैंकिङ एपमार्फत रु. २०० वा सोभन्दा बढी रकमको टप अप गर्ने ८० जना ग्राहकलाई जनही रु. १०० का दरले बोनस प्रदान गरिने बैंकले जनाएको छ। बोनस प्राप्त गर्ने ग्राहकको घोषणा अभियान अवधि समाप्त भएपछि गरिनेछ।

यस अभियानले बैंकको डिजिटल बैंकिङ सेवा प्रयोगलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका करिब १० लाख ग्राहक डिजिटल प्रविधिमार्फत बैंकिङ सेवा लिँदै लाभान्वित भइरहेका छन्। ग्राहक सेवामा निरन्तर सुधार गर्दै नेपाल बैंक आधुनिक बैंकिङ प्रविधिसहित प्रतिस्पर्धी बैंकको रूपमा अघि बढिरहेको छ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...