CG Electronics
IME Life
NIMB

पायोनियर मोटो कर्पद्वारा ‘जीकर एक्स नाउ ओर नेभर’ विशेष अफर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै ‘जीकर एक्स नाउ ओर नेभर’ विशेष अफर सार्वजनिक गरेको छ। लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउने उद्देश्यसहित ल्याइएको यस अफरमार्फत ग्राहकहरूले प्रिमियम पूर्ण–इलेक्ट्रिक एसयूभी जीकर एक्स विशेष मूल्यमा खरिद गर्न सक्नेछन्।

सीमित अवधिका लागि लागू हुने यस अफरअन्तर्गत जीकर एक्स अब नियमित मूल्य रु. ८४ लाख ९९ हजार बाट घटेर विशेष फेस्टिभ मूल्य रु. ६४ लाख ९९ हजार मा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो सवारी साधन भोल्भो EX30 सँग साझा गरिएको अत्याधुनिक गिली SEA2 प्लेटफर्म मा आधारित रहेको छ।

२०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटर जडित जीकर एक्सले ३४३ नुटनमिटर टर्क उत्पादन गर्ने र केवल ५.६ सेकेन्डमा ०–१०० किमी/घन्टा गति हासिल गर्न सक्ने क्षमता राख्दछ।

स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्समा मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका तथा १४.६ इन्च स्लाइड हुने केन्द्रीय स्क्रिन सहितको लक्जरी इन्टेरियर समावेश छ। साथै, १३ स्पिकरको यामाहा सराउण्ड साउण्ड सिस्टम ले प्रिमियम अनुभव प्रदान गर्छ।

सुरक्षाको दृष्टिले पनि जीकर एक्स अग्रणी मानिन्छ। यसले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैबाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। गाडीमा ७ एयरब्याग र लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ।

नेपाली सडक अवस्थालाई ध्यानमा राखी तयार गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाटआवर क्षमताको ब्याट्री दिइएको छ, जसले WLTP मापदण्डअनुसार ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ।

पायोनियर मोटो कर्पका अनुसार, यो सीमित अवधिको ‘नाउ ओर नेभर’ अफर उच्चस्तरीय इलेक्ट्रिक मोबिलिटीलाई प्रतिस्पर्धी मूल्यमा अनुभव गर्न चाहने ग्राहकहरूका लागि उत्कृष्ट अवसर हो।

पायोनियर मोटो कर्प प्रा. लि. बारे

पायोनियर मोटो कर्प प्रा. लि. नेपालका अग्रणी अटोमोबाइल वितरकहरूमध्ये एक हो। कम्पनीले बलियो बिक्री तथा सेवा सञ्जालमार्फत अन्तर्राष्ट्रिय स्तरका सवारी साधनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। थप जानकारीका लागि नजिकैको जीकर शोरूममा सम्पर्क गर्न वा www.zeekr-nepal.com मा जान सकिनेछ।

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...