CG Electronics
IME Life
NIMB

ब्रिटिश कलेजले आरोप अस्वीकार गर्‍यो, आफ्नो धारणा स्पष्ट पार्‍यो

NIMB
Himalayan Bank

 

काठमाडौं।द ब्रिटिश कलेज, काठमाडौंले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपप्रति ध्यानाकर्षण गराउँदै ती आरोपहरू असत्य, आधारहीन र मानहानीपूर्ण रहेको स्पष्ट गरेको छ। कलेजले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो शैक्षिक, कानुनी र नैतिक मापदण्डप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको हो।

कलेजका अनुसार द ब्रिटिश कलेज नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालन हुँदै आएको प्रतिष्ठित शैक्षिक संस्था हो र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। दुबईस्थित द वुलविच इन्स्टिच्युट पनि त्यहाँका नियामक निकायको स्वीकृतिमा सञ्चालनमा रहेको स्वतन्त्र शैक्षिक संस्था भएको कलेजको दाबी छ।

विज्ञप्तिमा Hospitality Management Foundation तथा Higher National Diploma (HND) कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त रहेको उल्लेख गर्दै HND पूरा गरेपछि विद्यार्थीलाई दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार संस्थामा अध्ययन गर्न सक्ने अवसर उपलब्ध गराइने जानकारी दिइएको छ। इन्टर्नसिपको अवसर उपलब्ध गराइए पनि त्यसको ग्यारेन्टी नहुने कुरा भर्ना अगावै स्पष्ट गराइने पनि कलेजले जनाएको छ।

कलेजका अनुसार करिब ५१ जना Hospitality Management विद्यार्थीमध्ये ९ जना विद्यार्थी व्यक्तिगत कारणले तीन महिनापछि नेपाल फर्किएका थिए। उनीहरूसँग तथा अभिभावकसँग छलफल गरी समस्या समाधानको प्रयास गरिएको र त्यसबेला सकारात्मक प्रतिक्रिया प्राप्त भएको कलेजको भनाइ छ।

साथै, केही विद्यार्थी तथा बाह्य समूहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै कलेजविरुद्ध भ्रामक सामग्री प्रसारण गरेको, कार्यालयमा अवरोध सिर्जना गरेको र शैक्षिक गतिविधिमा असर पुर्‍याएको आरोप कलेजले लगाएको छ। यसका कारण कलेजले शैक्षिक वातावरण सुरक्षित राख्न सुरक्षानिकायको सहयोग लिनुपरेको जनाएको छ।

कलेजले आफूविरुद्ध लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोप पूर्ण रूपमा अस्वीकार गर्दै यस्ता आरोप निन्दनीय भएको उल्लेख गरेको छ। द ब्रिटिश कलेजले हाल सबै शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको र विद्यार्थी तथा अभिभावकलाई अपुष्ट सूचनामा विश्वास नगर्न अनुरोध गरेको छ। समाचार

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...