CG Electronics
IME Life
NIMB

नाडा अटोमोबाइल्स एशोसिएशनको ४९औं वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

ललितपुर । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) भव्यताका साथ सम्पन्न भएको छ। सभा संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित थियो र सदस्यहरूको ऐतिहासिक सहभागिता सुनिश्चित भयो।

हाल नवीकरण भएका १,५४८ सदस्यमध्ये १,४८३ सदस्यको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रति बलियो विश्वास र एकताको संकेत दिएको छ। कार्यक्रम जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार कानूनी व्यवस्थामा सम्पन्न भएको र बन्द सत्र भएकाले मिडियालाई आमन्त्रित नगरेको पनि जानकारी दिइयो।

सभाका मुख्य निर्णयहरू:

विभिन्न एजेण्डा र कार्यसूचीहरूमा छलफल गरी सर्वसम्मतिपूर्वक प्रस्ताव पारित।

आगामी दिनका लागि नीति, संरचना, पारदर्शिता र रणनीतिक मार्गचित्रबारे मार्गनिर्देशन।

अटोमोबाइल व्यवसायीहरूबीच सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनबारे विचार-विमर्श।

सदस्यहरूको अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न।

सभामा नयाँ कार्यसमिति चयनका लागि पौष २५, २०८२ मा निर्वाचन गर्ने निर्णय समेत भएको छ। साथै महासंघमा समावेशीकरण सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।

नाडा एशोसिएशनले सदस्यहरूको समर्थनप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि कानूनी मापदण्ड र पारदर्शी संस्थागत जिम्मेवारीमा कटिबद्ध रहने प्रतिबद्धता दोहोर्याएको छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...