CG Electronics
IME Life
NIMB

क्लब चौलानी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौँ । क्लब चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नका लागि गरिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक (Issue Manager) नियुक्त गरेको छ ।

क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता २०८२ साल पौष ०९ गते काठमाडौँको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा सम्पन्न एक कार्यक्रमका बीच भएको हो । सम्झौतापत्रमा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष श्री राजेन्द्र के.सी.ज्यू तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निर्मल भट्टराईज्यूले हस्ताक्षर गर्नुभएको छ ।

वि.सं. २०७५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको क्लब चौलानी लिमिटेड २०७९ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले सुदूरपश्चिम प्रदेशको एक नमूना तथा पहिलो पाँचतारे होटलका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने तयारी गरेको छ ।

गरिमा क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले पोर्टफोलियो म्यानेजमेन्ट सेवा, डिपोजिटरी पार्टिसिपेन्ट सेवा, म्युचुअल फन्ड व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रार तथा कर्पोरेट परामर्श सेवा प्रदान गर्दै आएको छ ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...