CG Electronics
IME Life
NIMB

विराटनगर र काठमाडौंमा जीवन उपयोगी सत्संग तथा प्रार्थना कार्यक्रम आयोजना हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । परम् श्रद्धेय ब्रह्मलीन सन्त स्वामी श्री रामसुखदासजी महाराजद्वारा रचित श्रीमद्भगवद्गीता “साधक–सञ्जीवनी” टीकामा आधारित जीवन उपयोगी सत्संग तथा प्रार्थना कार्यक्रम आयोजना हुने भएको छ।

सन्त शिरोमणी ब्रह्मलीन सन्त स्वामी रामसुखदासजी महाराजको अन्तिम समयसम्म सँगै रहनु भएका सन्त श्री हरिकृष्ण दासजी महाराजको सान्निध्यमा आगामी २६ डिसेम्बर २०२५ देखि ३ जनवरी २०२६ सम्म विराटनगरमा जीवन उपयोगी सत्संग समारोह आयोजना गरिनेछ। सोही कार्यक्रमको सिलसिलामा काठमाडौंमा पनि दुई दिने सत्संग तथा प्रार्थना कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

गीता प्रेस नेपालको संयोजन तथा गीता प्रेस पुस्तक प्रचार–प्रसार केन्द्र नेपाल (गीता प्रेस नेपाल) को आयोजनामा उक्त कार्यक्रम २०८२ पौष ११ र १२ गते (२६ र २७ डिसेम्बर) शुक्रबार र शनिबारका दिन काठमाडौंको माहेश्वरी भवन, नक्साल मा सञ्चालन हुनेछ।

कार्यक्रम अनुसार २०८२ पौष ११ गते (२६ डिसेम्बर) शुक्रबार बिहान ५ देखि ६ बजेसम्म नित्यस्तुति प्रार्थना, दिउँसो २ः३० बजेदेखि भजन, संकीर्तन तथा गीता पाठ, र दिउँसो ३ देखि ५ बजेसम्म सत्संगको कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी २०८२ पौष १२ गते (२७ डिसेम्बर) शनिबार बिहान ५ देखि ६ बजेसम्म नित्यस्तुति प्रार्थना, बिहान ११ बजेदेखि भजन, संकीर्तन तथा गीता पाठ, तथा बिहान ११ः३० देखि दिउँसो १ः३० बजेसम्म सत्संग सञ्चालन हुनेछ।

यसका अतिरिक्त विशेष कार्यक्रमअन्तर्गत २०८२ पौष ११ गते (२६ डिसेम्बर) शुक्रबार सन्त श्री हरिकृष्ण दासजी महाराजको समुपस्थितिमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत अवस्थित पाणिनि स्कुल मा बिहान ९ बजे विद्यार्थीहरूसँग सत्संग तथा गीता पाठ आयोजना गरिनेछ। उक्त अवसरमा शिक्षक तथा विद्यार्थीहरूलाई निःशुल्क सरल गीता पुस्तकसमेत वितरण गरिने आयोजकले जानकारी दिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...