CG Electronics
IME Life
NIMB

इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान सार्वजनिक गर्यो

NIMB
Himalayan Bank

काठमाडौँ । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान “इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा” सुरु गरेको छ ।

यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू—जस्तै भेरीफाईड ड्राईभर प्रोफाईल, रियल–टाइम राइड ट्«याकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको छ ।

प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको छ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भन्नुभयो, “सुरक्षा केवल एउटा सुविधा मात्र होइन, यो साझा जिम्मेवारी हो । इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन चाहन्छौं कि भेरीफाईड ड्राईभर छनोट गर्ने, रेटिङ जाँच गर्ने वा लाइभ राइड सेयर गर्ने जस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठूलो भूमिका खेल्दछ ।”

अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउण्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्नेछ, जून यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरूमा केन्द्रित हुनेछ । विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिङ सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु यस पहलको मुख्य उद्देश्य हो ।

इनड्राइभको पीयर–टु–पीयर मूल्य निर्धारण मोडेल र सशक्त सुरक्षा संरचनाले नेपालमा बढ्दो मोबिलिटी इकोसिस्टममा यस प्लेटफर्मलाई फरक र विशिष्ट बनाउँदै आएको छ । यस अभियानमार्फत इनड्राइभले सुरक्षित, निष्पक्ष र पारदर्शी राइड–हेलिङ वातावरण निर्माणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोर्होयाएको छ ।

‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ अभियान इनड्राइभको डिजिटल प्लेटफर्महरूमा संचालन हुनेछ र यसलाई समुदाय संलग्नता मार्फत विस्तार गरिनेछ ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...