CG Electronics
IME Life
NIMB

५७ लाखको जेइको जे५ ईभी पाएपछि मख्ख क्रिकेट कप्तान रोहित पौडेल

NIMB
Himalayan Bank

 

काठमाडौँ । ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। भव्य समारोहबीच जेइको जे५ हस्तान्तरण कार्यक्रमसँगै उक्त सम्झौताको औपचारिक घोषणा गरिएको हो।

कार्यक्रममा ब्रान्डका पुराना एम्बेसडर तथा चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो। एसपीजी अटोमोबाइल्सले रोहितलाई बहुप्रतिक्षित जेइको जे५ इलेक्ट्रिक एसयूभी प्रदान गरेको छ, जसको बजार मूल्य करिब ५७ लाख रुपैयाँ रहेको छ।

जेइको जे५ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जसले विलासिता र अफ–रोड क्षमतालाई एकसाथ समेटेको छ। यसमा विशाल हाई–डेफिनिसन इन्फोटेनमेन्ट सिस्टमसहितको स्मार्ट ककपिट रहेको छ। शून्य–उत्सर्जन दक्षता कायम राख्दै नेपालको विविध भू–बनोटमा सहज रूपमा चल्ने गरी डिजाइन गरिएको यस गाडीमा ४६१ किलोमिटरको रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, १५५ किलोवाट मोटर पावर, स्पेयर टायर र ४८८ लिटर बुट–स्पेस जस्ता विशेषताहरू छन्।

ब्रान्ड एम्बेसडर नियुक्तिसँगै रोहित पौडेलले नेपाली बजारमा इलेक्ट्रिक सवारीसाधनप्रति जनचेतना बढाउन आफू सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...