CG Electronics
IME Life
Ncell NPL

नेपालमा सूचना खोज्ने नयाँ माध्यम बन्दै टिकटक, २०२५ टप सर्च सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपाल, ३० डिसेम्बर २०२५- टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्‍याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ।

२०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउँछ जहाँ दशैं-तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन्। छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीयशैलीको प्रेरणा लिनर नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका छन्।

“टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ,” टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने। “मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन्। चाहे खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रीपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न होस्, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन्। यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासाहरूसँग जोडिरहेको स्पष्ट रुपमा देखाउँछ।”

नेपालका सर्चहरूले के देखाउँछन् ?

यस वर्षका सर्चहरूले उद्देश्य सहितका खोजको कथा भनिरहेका छन्। यात्राका लागि महत्त्वपूर्ण गन्तव्यहरूमा देखिएको चासोले टिकटकले गन्तव्य खोज्न, घुमफिरको योजना बनाउन र नयाँ अनुभवहरू पत्ता लगाउन भूमिका खेलिरहेको देखाउँछ। यो सूचीले लोकप्रिय सेलिब्रिटी र ड्रामादेखि लिएर दैनिक कुराकानीलाई प्रभाव पार्ने गीत र भाइरल क्षणहरूसम्म, समग्रमा नेपाली संस्कृतिको ढुकढुकी नै समेटेको छ।

सर्चहरूले नेपालीहरूले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन्। यी विषयहरूमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिन सहयोग गरिरहेका छन्।

२०२५ को अन्त्य सँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामुहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर-केन्द्रित खोजहरूले भरिपूर्ण रहेको देखाउँछ। टिकटक नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिन तथा मानिसहरूलाई अझ अर्थपूर्ण एवम् रमाइलो तरिकाले प्रेरित गर्न र जानकारी लिन सहयोग गर्न प्रतिबद्ध छ।

२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू (यी कुनै क्रमबद्ध तरिकाले राखिएका होइनन्):

सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी

· प्रियंका कार्की

· राजेश हमाल

· स्वस्तिमा खड्का

· रेखा थापा

· मदन कृष्ण श्रेष्ठ

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर

· सिम्पल खरेल

· आश्मा विश्वकर्मा

· रचना रिमाल

· अनमोल केसी

· आना शर्मा

सबैभन्दा धेरै खोजिएका खेलाडी

· साम्बा

· बिमल घर्ती मगर

· दिपेन्द्र सिंह ऐरी

· एम्बाप्पे

· मेस्सी

सबैभन्दा धेरै खोजिएका स्थान

· मुस्तांग

· मनांग

· नर्थअन्नपूर्ण बेस क्याम्प

· पशुपतिनाथ मन्दिर

· भीमसेनस्थान मन्दिर

सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा

· बिग बस

· परान (चलचित्र)

· जेरी अन टप (चलचित्र)

· जारी २ (चलचित्र)

· रोडिज सिजन ७

सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू

· तीज

· कुकुर तिहार

· मिस ग्राण्ड नेपाल

· रुटिन अफ नेपाल बन्द

· एनपीएल सिजन २

सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक

· ठुमक ठुमक जानीए माहिए दे नाल

· आइसक्रिम खाउंगी काश्मिर जाउंगी

· माया गर्नु ल (जोन चाम्लिंग)

· वाक्क लाग्दो संसार

· सारी लायर आएँ भने

सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी

· हत्क्युला फ्रुट

· स्टिम चिकेन रेसिपी

· सेलरोटी रेसिपी

· सिंगडा रेसिपी

· पक्कु रेसिपी

टिकटकको बारेमा:

टिकटक छोटो आकारका मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरणा दिनु र खुसी बाँड्नु हो। टिकटकका विश्वभर कार्यालयहरू छन्, जसमा लस एन्जेलस, न्यूयोर्क, लण्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियोपर्छन्।www.tiktok.com

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...