CG Electronics
IME Life
NIMB

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सेबोनबाट स्वीकृत, १ अर्ब ६० करोडको फण्ड निष्काशन हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति प्रदान गरेको छ। योजनाअन्तर्गत सर्वसाधारणका लागि इकाईहरू बिक्रीमा ल्याइने भएको छ।

सेबोनबाट मिति २०८२/०९/१३ मा प्राप्त स्वीकृतिअनुसार प्रति इकाई अंकित मूल्य रु. १० दरका १६ करोड इकाई निष्काशन गरिनेछ, जसबाट कुल रु. १ अर्ब ६० करोड बराबरको फण्ड संकलन गरिनेछ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी सामूहिक लगानी योजना हो। योजनाको अवधि १० वर्ष रहनेछ।

निष्काशन हुन लागेको उक्त योजनाले इक्रा नेपाल लिमिटेड बाट कोष प्रवर्द्धकका लागि ICRANP–Asset Manager Rating: AM2 तथा योजना व्यवस्थापकका लागि ICRANP–Fund Manager Rating: FM2 स्तरको रेटिङ प्राप्त गरेको जनाएको छ।

फण्ड बिक्रीबाट संकलित रकम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन भएका तथा धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकार वा सरकार नियन्त्रित संस्थाले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरूमा लगानी गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ।

योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी छिट्टै सर्वसाधारणका लागि इकाई बिक्री खुला गर्ने तयारी भइरहेको जनाएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...