CG Electronics
IME Life
NIMB

इक्यान अध्यक्षका लागि पौडेल र भुसालबीच प्रतिस्पर्धा

NIMB
Himalayan Bank

 

काठमाडौँ ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्ष पदका लागि महासचिव दिपकराज भुसाल र प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल ले उम्मेदवारी दिएका छन्। चुनाव यही २८ पुस मा हुने २०औँ साधारणसभामा हुनेछ।

यसअघि गीता शिवाकोटी (गितान्जली) ले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन्, तर पछि हटेकी छन्। उनी अब पौडेलको प्रस्तावक भएर उपाध्यक्ष पदका लागि उम्मेदवार भएकी छन्।

एन्ड्र्यू पौडेलको एजेन्डा :

इक्यानलाई व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित बनाउन।

शैक्षिक परामर्श क्षेत्रमा नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद, सदस्य हकहित संरक्षण।

प्रमुख योजना: एबीसीडीई (एडभोकेसी, एकान्टबेलिटी, व्यवसाय, ब्रान्डिङ, शाखा विस्तार, स्मार्ट इक्यान, डिप्लोमेसी, डोमिनेन्स, इम्पावरमेन्ट)।

नारा : “इक्यानको नयाँ व्यवस्था, व्यक्ति भन्दामाथि संस्था”

भुसालको एजेन्डा:

संस्थागत सुधार र नयाँ नेतृत्व।

वैकल्पिक कार्यदिशा सहित २६ वटा एजेन्डा अघि सारेका।

इक्यान सदस्यको अधिकार, औपचारिक मान्यता, इक्यान ट्रेनिङ एकेडेमी स्थापना।

आगामी २ वर्षसम्म पूर्ण समर्पित रहने प्रतिबद्धता।

समर्थन: पूर्व अध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराई।

अन्य उम्मेदवार:

उपाध्यक्ष: पौडेल प्यानल – वासुदेव दाहाल, पुष्पराज भट्टराई, गीता शिवाकोटी; भुसाल प्यानल – फिलिप डीसी, मञ्जित ढकाल, विकल्प राज पोखरेल, रत्न भट्टराई।

महासचिव: पौडेल प्यानल – नवराज केसी; सचिव: एलबी गोले तामाङ र भुपाल केसी।

कोषाध्यक्ष: साधना पुडासैनी; सह–कोषाध्यक्ष: भीमबहादुर थापा।

सन्दर्भ:
इक्यानमा ७०० भन्दा बढी सदस्य संस्था छन् र यसपटकको चुनाव अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ। दुवै प्यानलले आफ्ना एजेन्डा, नेतृत्व क्षमता र अनुभवका आधारमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...