CG Electronics
IME Life
NIMB

इक्यान उपाध्यक्ष पदका प्रत्यासी बासुदेव दाहाल, अनुभव र सेवाभावका साथ चुनावी दौडमा

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ साधारणसभा पुस २८ गते हुँदैछ। नयाँ नेतृत्व चयन गर्ने उक्त साधारणसभामा शैक्षिक परामर्श क्षेत्रमा परिचित र अनुभवी व्यक्तित्व बासुदेव दाहाल उपाध्यक्ष पदका प्रत्यासी बन्नुभएको छ। लामो समयदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय दाहालको उम्मेदवारीलाई अनुभव, संघर्ष र सेवाभावको संयोजनका रूपमा हेरिएको छ।

सुनसरी, इनरुवा–६ मधेसा झकनझोराका स्थायी बसोबास भएका दाहाल हाल काठमाडौंको बागबजारस्थित प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आउनुभएको छ। उहाँको परामर्शबाट अहिलेसम्म एक हजारभन्दा बढी विद्यार्थीले विशेषगरी अष्ट्रेलियालाई मुख्य गन्तव्य बनाएर वैदेशिक अध्ययनको अवसर प्राप्त गरिसकेका छन्।

दाहालले जनता माध्यमिक विद्यालय, मधेसाबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक अध्ययन पूरा गर्नुभएको हो। विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा होमिनुभएका उहाँ सुरूमा नेकपा एमाले र पछि सशस्त्र द्वन्द्वकालमा माओवादी राजनीतिमा संलग्न हुनुभयो। सोही क्रममा केही समय जेल जीवन बिताउनुपरेको उहाँले बताउँदै आउनुभएको छ। जेलमुक्तिपछि काठमाडौं आइपुगेर राजनीतिक क्रियाकलापसँगै शैक्षिक क्षेत्रमा निरन्तर सक्रिय रहनुभएको थियो।

दाहालले पेशागत करियर निजी विद्यालयमा शिक्षकको रूपमा सुरु गर्नुभयो। ललितपुरलाई कर्मथलो बनाउँदै शिक्षण पेशामा केही समय बिताएपछि शैक्षिक परामर्श क्षेत्रको सम्भावना पहिचान गर्दै उहाँले प्राञ्जल एजुकेशन कन्सल्टेन्सी स्थापना गर्नुभयो। पछिल्ला सात वर्षदेखि उक्त कन्सल्टेन्सीलाई पुतलीसडक हुँदै हाल बागबजारबाट सञ्चालन गर्दै आउनुभएको छ।

संस्थागत अनुभवका हिसाबले पनि दाहाल इक्यानभित्र अनुभवी नेतृत्वका रूपमा परिचित छन्। उनले अघिल्लो कार्यकालमा संघको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। १९औँ साधारणसभामा महासचिवका प्रत्यासीसमेत बनेका दाहाल यसपटक उपाध्यक्ष पदमा विजयी हुने ठूलो आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिएका छन्।

विगतका जिम्मेवारीमा रहेर व्यवसायीमैत्री भूमिका खेलेका कारण उनी शैक्षिक परामर्श व्यवसायीबीच लोकप्रिय छन्। परामर्श क्षेत्रका चुनौती, नियमन र व्यवसायी हकहितका विषयमा दाहालको स्पष्ट धारणा रहेको बताइन्छ।

उपाध्यक्ष पदका प्रत्यासी दाहालले शैक्षिक परामर्श व्यवसायको विकास, पारदर्शिता, र व्यवसायीको सामूहिक हितका लागि आफ्नो सम्पूर्ण समय तथा क्षमता खर्चिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इक्यानलाई अझ सशक्त, मर्यादित र विश्वासिलो संस्थाका रूपमा विकसित गर्नु आफ्नो मुख्य लक्ष्य भएको उहाँको भनाइ छ।

संघर्ष, अनुभव र सेवाभावका आधारमा नेतृत्वको तहमा पुगेका बासुदेव दाहालको उम्मेदवारी इक्यानको आगामी नेतृत्व चयनमा अर्थपूर्ण र भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...