CG Electronics
IME Life
NIMB

शैक्षिक परामर्श व्यवसायी सुरज सिलवाल सचिव पदमा उम्मेदवार, ८ बुँदे प्रतिबद्धता सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चुनाव हुने मिति सार्वजनिक भएसँगै इक्यानमा चुनावी सरमर्गी छाएको छ । व्यवसायीहरुले यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै क्रममा हाल इक्यानको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका सुरज सिलवालले आगामी कार्यसमितिका लागि औपचारिक रुपमै सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विगत १५ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय रहेको भन्दै सिलवालले यस क्रममा प्राप्त व्यावहारिक अनुभव, जिम्मेवारीबोध र पेशागत निष्ठालाई आत्मसात गर्दै, कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी)को स्थापना एवं संचालन गरिरहेको बताएका छन् ।

उनले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सही र भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आइरहेकोसमेत उल्लेख गरेका छन् ।

‘व्यवसायीक अनुभवसहित पछिल्लो १० वर्षदेखि साधारण सदस्यका रूपमा इक्यानमा आबद्ध रहँदै आएको छु,’ उनि भन्छन्, ‘गत महाधिवेशनबाट सबै इक्यानियनको माया, विश्वास र समर्थनका कारण उच्च मतसहित कार्यकारी सदस्यमा निर्वाचित भएको तथ्य यहाँहरु माझ स्मरण गराउन चाहन्छु ।’

आफ्नो दुई वर्षे कार्यकाल स्मरणयोग्य रहेको बताउँदै सिलवालले संस्थाका अध्यक्षको नेतृत्वमा तयार गरिएका कार्ययोजना तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै सुम्पिएका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको जनाएका छन् । उनले अब पनि संस्थाको हितलाई केन्द्रमा राखी निष्ठा, इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ सचिव पदको जिम्मेवारी बहन गर्न तयार रहेको सम्पूर्ण इक्यानियनहरुलाई अवगत गराएका छन् ।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बनेर एक प्रतिनिधिका रूपमा निष्ठा, इमान्दारिता, पारदर्शिता र जवाफदेहिताको मार्गमा निरन्तर हिड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिलवालले सचिव पदका लागि उम्मेदवारी घोषणासँगै संस्थागत प्रतिबद्धता तथा कार्ययोजनाहरू पनि सार्वजनिक गरेका छन् । उनले आम इक्यानियनमाथि पूर्ण भरोसा रहेको भन्दै विगतको कार्यसम्पादन, वर्तमान प्रतिबद्धता र भावी कार्ययोजनाको समग्र मूल्याङ्कन गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गरी सचिव पदको जिम्मेवारी दिन आग्रहसमेत गरेका छन् ।

यस्तो छ सिलवालका प्रमुख प्रतिबद्धता तथा कार्ययोजनाहरूः

1. सम्पूर्ण ECAN सदस्यहरूलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका प्रदान गर्दै, व्यावसायिक तथा व्यवहारिक तालिममा सक्रिय सहभागिता सुनिश्चित गर्ने।
2. केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्दै शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण तथा नयाँ स्वीकृति प्रक्रियाहरूलाई सरल, छरितो र प्रभावकारी बनाउने पहल गर्ने।
3. विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ तथा व्यवसायिक सहकार्य कार्यक्रमहरू सञ्चालन गर्ने।
4. निर्वाचित कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट विभाजन गर्दै, सबै कार्यक्रमहरूलाई परिणाममुखी बनाउने।
5. केन्द्रदेखि शाखासम्म सदस्य–केन्द्रित (Member Oriented) कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
6. ECAN का शाखाहरूलाई सशक्त र सक्षम बनाउँदै, हरेक सदस्यसम्म नेटवर्किङ, सूचना र व्यवसायिक अवसरहरू सुनिश्चित गर्ने।
7. केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउन अग्रिम प्रायोजक (Sponsors) खोजी गरी One Door Policy मार्फत बजेट व्यवस्थापन गर्ने।
8. विश्वविद्यालय, कलेज तथा सदस्यहरूको सहकार्यमा “The Knowledge House” अभियान सञ्चालन गरी कोष संकलन गर्दै, ECAN को आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ ठोस कदम चाल्ने।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...