CG Electronics
IME Life
NIMB

सिजी ब्रान्डद्वारा टी–२० विश्वकपका पहिलो चरण विजेता सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडाैं। नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा,वर्ल्डकप टिकट हातमा #LevelUP!withCG’ उपहार योजना अन्तर्गत पहिलो चरणका विजेताहरू सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकप (ICC T20 Men’s World Cup) लाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी हजारौं ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथा द्वारा पहिलो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस पहिलो चरणको डिजिटल गोलाप्रथा मार्फत काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ विजेता बनेका छन् । भुजेलले सिजी डिजिटल, बनेपाबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए भने श्रेष्ठले न्यु ए वन सप्लायर्स, बिर्तामोडबाट सिजी ब्रान्डको माइक्रोवेभ ओभन खरिद गरेका थिए ।

 

कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ।

साथै, विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा SMS पठाउनुपर्नेछ। (SMS Format: CG <space> Warranty Card No <space> Product Name <space> Customer Name <space> Address टाइप गरी 31003 मा पठाउनुपर्नेछ।)

४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...