CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

NIMB
Himalayan Bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ।

बिभिन्न नेटवर्कमा आबद्ध क्यु आर मर्चेन्टहरुलाई लक्षित गर्दै क्युआर मर्चेन्ट एमबिएल स्मार्ट लोन सेवाको सुरुवात गरेको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्यु आर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एमबिएल एम स्मार्ट एप मार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।

स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ ।

बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...