CG Electronics
IME Life
NIMB

सिजी ब्रान्डका साना घरायसी उपकरण (SDA) तर्फको ‘वर्ल्डकप योजना’ अन्तर्गत ‘पहिलो चरणको विजेता सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्ना साना घरायसी उपकरणहरू (SDA) का लागि सञ्चालित सिजीको साथमा, वर्ल्डकप टिकट हातमा #LevelUP!withCG उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकप (ICC T20 Men’s World Cup) लाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरण तर्फ पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। यस पहिलो चरणको डिजिटल गोलाप्रथा मार्फत पोखराकी श्रीमती मोनिका महर्जन बम्पर उपहार विजेता बन्न सफल हुनुभएको छ।
• श्रीमती मोनिका महर्जनले पोखरास्थित न्यु साउन्ड एण्ड भिजन (New Sound and Vision) बाट सिजी ब्रान्डको ओभन (Oven) खरिद गरी सहभागिता जनाउनुभएको थियो।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, विजेताले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सिजीका साना घरायसी उपकरण (SDA) खरिद गरी ३१००३ मा SMS पठाउनुपर्नेछ।
(SDA का लागि SMS Format: CGSDA <space> Serial Number <space> Product Name <space> Customer Name <space> Address टाइप गरी 31003 मा पठाउनुपर्नेछ।)

४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...