CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकद्वारा चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

राप्ती नगरपालिका–१२ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। बैंकको खुर्खुरे शाखामार्फत गरिएको सो कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययनरत ७० जना चेपाङ बालबालिकालाई चिसो याम लक्षित गर्दै न्यानो कपडा हस्तान्तरण गरिएको हो।

नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयमा उपस्थित भई न्यानो कपडा वितरण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न र सीमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षा दुवैमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

समारोहका प्रमुख अतिथि तथा राप्ती नगरपालिका–१२ का वडा अध्यक्ष अर्जुन प्रजाले बैंकले समुदायप्रति देखाउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थी हितमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै बैंक परिवारको आगामी सफलताको शुभकामना दिए।

कार्यक्रममा बैंकका कर्मचारी, वडा सदस्य अशोक जिम्बा, राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि स्थानीय सरोकारवालाको सहकार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...