CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न ग्राहकलाई आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहकलाई बैंक खातामा रहेको स्थायी लेखा नम्बर (प्यान) तथा ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। कर प्रशासनसँगको समन्वय र सेवा प्रवाह सहज बनाउन बैंकले यो सूचना जारी गरेको हो।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार “आयकर ऐन २०५८” बमोजिम ग्राहकको खाताबाट कपात गरिएको कर विवरण नेपाल सरकारको स्थायी लेखा प्रणालीमा जोडिनुपर्ने व्यवस्था रहेकोले प्यान अद्यावधिक अनिवार्य भएको उल्लेख छ।

बैंकका ग्राहकले प्यान बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप मार्फत अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखाबाट आवेदन दिएर सिधै अद्यावधिक गराउन सकिने व्यवस्था पनि बैंकले गरेको छ।

प्यान अद्यावधिक भएपछि ब्याज भुक्तानीमा काटिएको कर विवरण स्वचालित रूपमा कर प्रणालीमा मिलान हुने भएकाले कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न ग्राहकलाई सहज हुने बैंकको भनाइ छ। यसले प्रमाणपत्र लिनका लागि बैंक धाउनुपर्ने झन्झट समेत समाप्त हुने बैंकले विश्वास व्यक्त गरेको छ।

बैंकले प्यान नअद्यावधिक गरेका ग्राहकको ब्याजकर सरकारी प्रणालीमा नदाखिल भई पछि पुन: समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने चेतावनीसमेत दिएको छ।

एनआईसी एशियाले ग्राहकलाई ईमेल ठेगाना पनि अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। ईमेल अद्यावधिकसमेत मोबाइल एप, भ्याक–केवाईसी वा शाखामार्फत गर्न सकिनेछ।

पहिले नै प्यान वा ईमेल विवरण उपलब्ध गराए पनि प्रणालीमा नभएको देखिएमा ग्राहकले नजिकको शाखा वा बैंकको ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले हस्ताक्षर गरेका छन्।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...