CG Electronics
IME Life
NIMB

टीसीएलले गर्यो दोस्रो चरणका विजेता सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दोस्रो चरणको विजेता श्री टेकनाथ भण्डारी हुन्। उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखरा बाट TCL QLED टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

कम्पनीका अनुसार TCL Washing Machine खरिद गर्दा ३ केजी Ariel डिटर्जेन्ट निःशुल्क प्रदान गरिनुका साथै निःशुल्क जडान सुविधा दिइएको छ । त्यस्तै, TCL Air Conditioner खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टीसीएल टेलिभिजन खरिदमा NETTV को ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ। साथै, नागरिताको आधारमा EMI सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने Exchange अफर समेत लागू गरिएको कम्पनीले जनाएको छ।

क्याम्पेनमा सहभागी हुन SMS गर्ने तरिका यसप्रकार रहेको छ:
Type: TCL [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address SMS पठाउने नम्बर: 31003

सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनामा अझै पनि आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी समयमै SMS पठाउन आग्रह गरेको छ।

CG Electronics अन्तर्गत नेपालमा वितरण हुँदै आएको टीसीएल ब्रान्डले टेलिभिजन, वासिङ मेसिन तथा एअर कन्डिसनर जस्ता उत्पादनमार्फत गुणस्तर, नवीन प्रविधि र विश्वसनीय सेवाका कारण नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको कम्पनीले जनाएको छ। कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन्।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...