CG Electronics
IME Life
NIMB

५९औँ वर्षमा कृषि विकास बैंक: निक्षेप ३ खर्ब २४ अर्ब, नयाँ प्रविधि र रणनीतिक योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कृषि क्षेत्रमा कर्जा लगानीको नेतृत्वदायी बैंकका रूपमा स्थापित कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्दै बैंकले व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आफूलाई प्रतिस्पर्धी वाणिज्य बैंकका रूपमा स्थापित गर्दै आएको जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले आधुनिक बैंकिङ प्रणाली, नयाँ प्रविधि र प्रभावकारी प्रशासनिक अभ्यासलाई आत्मसात नगरी बैंकिङ क्षेत्रमा अघि बढ्न कठिन हुने बताए । हिजो र आजको बैंकिङ प्रणालीबीच ठूलो अन्तर आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले समयअनुसार आफूलाई रूपान्तरण गर्दै ती परिवर्तनलाई धेरै हदसम्म अंगालेको बताए ।

प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि कर्जालाई बैंकको पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिइएको बताए । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८१/८२ देखि २०८४/८५ सम्म लागू हुने पाँच वर्षे रणनीतिक व्यावसायिक योजना कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको बताए । व्यावसायिक विविधता कायम गर्दै अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा कृषि विकास बैंक उभिन सफल भएको उनको दाबी छ ।

 

वार्षिकोत्सवकै अवसरमा बैंकले साना किसानलाई लक्षित गरी विकास गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयरको शुभारम्भ गरेको छ भने केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रसमेत औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । हाल बैंकको शेयर संरचनामा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ । आर्थिक सूचकाङ्कका आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप २०.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८.४० प्रतिशतले बढेर २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.४४ प्रतिशत र खुद नाफा ३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको कूल निक्षेप ३ खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ र कूल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्म बैंकको निष्क्रिय कर्जा अनुपात कूल कर्जा लगानीको ४.५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

 

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:०७

  काठमाडौं, नेपाल  – सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी...